समाचार

    Showing 621-630 of 650 items.
  • घरभाडाको विषय आपसी समझदारीमा मिलाउन अपिल

    पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले होटल सञ्चालक र घरधनीबीच आपसी समझदारीमा घरभाडा छुटसम्बन्धी विषय टुङ्गोमा पु¥याउन आग्रह गरेको छ । सङ्घका तर्फबाट अपिल जारी गर्दै अध्यक्ष विकल तुलाचनले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका कारण अन्य क्षेत्रभन्दा पर्यटन क्षेत्र बढी नै प्रभावित भएको भन्दै भाडाको घरमा सञ्चालित होटल झनै मारमा परेको स्मरण गराउनुभएको छ । विषम परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण होटलका घरधनी तथा सञ्चालकबीच मानवीय तथा आपसी भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउँदै सौहार्दपूर्ण तवरले दुवै पक्षको सहमतिमा छुट तथा सहुलियत प्रदान गरिदिनुहुन अपिल गरिएको छ । विविध जटिल परिस्थिति पार गर्द

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 455 पटक पढिएको
    • "नेपाल रेखा"
  • उपसभामुख पोखरेलद्वारा प्रकोप व्यवस्थापन कोषमा ५० हजार जम्मा

    इटहरी । प्रदेश नम्वर १ सभाकी उपसभामुख शारदा पोखरेलले इटहरी उपमहानगरको प्रकोप व्यवस्थापन कोषमा ५० हजार सहयोग गर्नुभएको छ ।उहाँले सो रकम इटहरी उपमहानगर कार्यालयमै आएर उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमलाई हस्तान्तरण गर्नुभयो । इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा उपसभामुख पोखरेलले व्यक्तिगत तवरबाट ५० हजार सहयोग गर्नुभएकोमा सम्पूर्ण नगरवासीको तर्फबाट प्रमुख चौधरीले उहाँलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 511 पटक पढिएको
    • "नेपाल रेखा"
  • राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप

    इनरुवा । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।जल्पापुरको साविक ८ र ७ मा कसैलाई पनि राहत नदिएकाले राहत वितरणमा विभेद गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।इनरुवा १० जल्पापुरमा कुल एक हजार दुई सय ८० घर परिवार रहेकोमा करिव पाँच सय विपन्न वर्गलाई राहत वितरण नगरि वडा अध्यक्ष मियाँले विभेद गरेको स्थानीयहरुले बताएका छन् ।वडा अध्यक्ष मियाँले आफ्नो पार्टी नेकपाका समर्थकलाई मात्रै राहत दिएको काग्रे

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 195 पटक पढिएको
    • "नेपाल रेखा"
  • जनता स्कूलका अभिभावकद्वारा गलत प्रचारको प्रतिबाद

    इटहरी । जनता स्कूललाई सकेको सबै सहयोग गरी स्तरीय शिक्षाको लागि वातावरण बनाउन यस स्कूलका अविभावकहरुले आह्वान गरेका छन् ।स्कुलले लकडाउनको समयमा पनि अविभावकहरुसँग शुल्क उठाएको भन्दै विरोध भएपछि अविभावकहरुले नै प्रेस विज्ञप्ती जारी गरेर विद्यालयको बचाउ गरेका हुन् । विज्ञप्तीमा सवा सय बढी अविभावकहरुको हस्ताक्षर छ ।विद्यालयले थालेको गुणस्तरीय शिक्षाको अभियानमा बाधा पुर्याउने गरी सञ्चारमाध्यम, सामाजिक सञ्जाल र संघ, संस्थाबाट टिकाटिप्पणी र अवरोध भइरहेको उल्लेख गर्दै जनता माविको कार्यक्रमलाई सहयोग गर्न भनिएको छ ।‘सबै सरोकारवालाहरुसँग श्री जनता माविको उक्त कार्यक्रमलाई सहय

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,724 पटक पढिएको
    • "नेपाल रेखा"
  • मदन आश्रित स्मृति दिवसमा बृक्षा रोपण

    इटहरी । २७ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ । इटहरी–१७ लविपुर चौक उत्तर वृक्षारोपण गरिएको हो । लविपुर विसमपुर अमाहा हुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम छ । संविधानसभाका सदस्यहरु धर्म निरौला, रेवतीरमण भण्डारी, नेकपाका केन्द्रीय सदस्य निर्मल बराल, प्रदेशसभासदस्यहरु सर्वध्वज साँवा, लिलम वस्नेत, इटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, नेकपा प्रदेश सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव विष्ट, नेकपा प्रदेश सदस्य चिरञ्जिवि भट्टराईले आँपका विरुवा रोप्नुभयो । यसैगरी, नेकपा जिल्

    • प्रकाशित मितिः जेठ ३, २०७७
    • 414 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरी अस्पतालले दिने सेवामा बृद्धि गर्न प्रदेश सरकारसँग बजेट मागियो

    इटहरी । इटहरी अस्पतालको सेवा स्तरोन्नतिका लागि प्रदेश सरकारसँग माग गरिएको छ । इटहरी उपमहानगरद्वारा संचालित इटहरी क्षेत्रको एक मात्र सरकारी स्वामित्वको इटहरी अस्पतालको सेवा स्तरोन्नती र सुदृढीकरणका लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे समक्ष प्रदेश सासद लिलम बस्नेतको नेतृत्वमा गएको डेलिगेशन टोलीले माग पत्र पेश गरेको हो । इटहरी अस्पतालको ईमर्जेन्सी इन्चार्ज रामकुमार धमलाकाअनुसार आगामी आर्थिक बर्षको वजेटमा अस्पतालको अस्पतालको स्तरोन्नतीलार्ई समेट्न अनुरोध गरिएको छ । आगामी बर्षको बजेट डेढ करोड छुटयाइदिन अनुरोध गरिएको छ । मन्त्री घिमिरेले अस्पतालको विकास र स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिने

    • प्रकाशित मितिः जेठ १, २०७७
    • 340 पटक पढिएको
    • "नेपाल रेखा"
  • दैनिक सेवन गर्नु पर्ने औषधी अभाव हुन थाल्यो

    इटहरी । कोभिड–१९ अर्थात कोरोना भाईरसका कारण देश लकडाउनको अवस्थामा रहेको छ । पछिल्लो समय लकडाउन लम्बिदै गर्दा पूर्वका बिभिन्न स्थानमा दैनिक सेवन गर्नु पर्ने सुगर, प्रेसर लगायतका औषधीहरुको अभाव हुन थालेको छ ।लकडाउनको कारण समयमै औषधी बजारसम्म नआउदा सामान्य औषधी पनि अभाव हुन थालेको हो । दैनिक प्रयोगमा आउने र माग अत्याधिक भएको कारण यो समयमा चिकित्सकले लेखेको भन्दा फरक कम्पनिको औषधी दिनु पर्ने बाध्यता रहेको छ भने केहि औषधीको अभावले गर्दा प्रयोगकर्ता त्यसै फर्कनु पर्ने अवस्था रहेको कञ्चनजङ्गा मेडिकलका सञ्चालक युवराज दाहालको भनाइ रहेको छ ।अति आवश्यक औषधी पनि अभाव सिर्जना हुन सक्ने बिषयलाई लिएर व

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 217 पटक पढिएको
    • "नेपाल रेखा"
  • नेकपा स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज वुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरूको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो बैठक हुने छ । “केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड–१९ परीक्षण गरिएको थियो ”, उहाँले भन्नुभयो, “तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक ब

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 216 पटक पढिएको
    • "नेपाल रेखा"
  • इटहरीको जनता माविमा प्रवेश परीक्षाको फर्म भरेका सबैले पढ्न पाउने

    इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयले प्रवेश परीक्षाको लागि फर्म भरेका सबै विद्यार्थीलाई भर्ना लिने जानकारी दिएको छ । ६ सय विद्यार्थी भर्ना लिने गरी प्रवेश परीक्षाको लागि आवेदन खुलाएकोमा १५ सयभन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए ।अघिल्लो वर्ष देखि विद्यालयले विद्यार्थीहरुलाई भर्ना गर्दा प्रवेश परीक्षा लिने गरेको थियो ।यसपटक भने कोरोनाका कारण प्रवेश परीक्षा नलिने बरु आवेदन दिने सबैलाई लकडाउन खुलेपछि भर्ना लिने जनाउँदै विद्यालयले अविभावकहरुलाई भर्नाका लागि हतार नगर्न समेत आग्रह गरेको छ ।विद्यालय प्रशासनका अनुसार दुई वटा भवनमा गरेर २४ वटा नयाँ कोठा तयार भएको छ । ती सबै कोठा आधुनिक र सुविध

    • प्रकाशित मितिः वैशाख ३१, २०७७
    • 623 पटक पढिएको
    • "नेपाल रेखा"
  • विपन्नलाई राहत दिइयो

    पथरी । व्रिटिस नेपाल मेडिकल ट्रष्ट (बीएनएमटी) ले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रका उपचाररत २५ जना विपन्न क्षयरोगीलाई चामल, दाल सहितको २५ प्रकारको राहत प्याकेज प्रदान गरेको छ ।ट्रष्टका ज्ञानेन्द्र श्रेष्ठ, जिल्लाका क्षयकुष्ठ अधिकृत मुलुकचन्द्र राजवंशी सहितको टोलीले पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत राहतको प्याकेज प्रदान गरेको हो । प्रति परिवार करीव ९ हजार पर्ने खाद्यान्न तथा स्वास्थ्य एवम् सरसफाईका सामग्री प्रदान भएको हो । प्रति परिवार चामल २५ केजी, दाल ५ के

    • प्रकाशित मितिः वैशाख ३०, २०७७
    • 179 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]