नाकाबाट लुकीछिपी नेपाल प्रवेश रोकिएन

  • जेठ १०, २०७७ / "नेपाल रेखा"
alt

इनरुवा÷नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिले अनुगमन सुरु गरेको छ ।
नेकपा जिल्ला कमिटी सुनसरीका अध्यक्ष योगेन्द्र प्रसाद मण्डल (पप्पु) को नेतृत्वमा अनुगमन गरेको हो । कोशी गाउँपालीका, भोक्राहा गाउँपालिका र हरिनगर गाउँपालिका वडा नं. ३ मा अनुगमन गर्दै सरोकारवाला पक्षसँग छलफल पनि गरेको छ ।
छलफल पछि खुला सीमा भएकाकारण भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने गरेको निष्कर्ष निकालिएको छ । भारतबाट चोरी तस्करी पनि बढेको बताइएको छ । सरोकारवाला पक्षले सिमानाकाबाट लुकिछिपी हुने आवतजावत, तस्करी हुने गरेकोले त्यसलाई नियन्त्रण गर्न प्रशासन सक्रिय हुनु पर्ने माग उठाएका छन् ।
सिमानाकाबाट लुकीछिपी हुने आवतजावतले त्रासको वातावरण सिर्जना भएकोले सीमा नाकामा कडाई गरिनु पर्ने आवज उठेको छ । वोर्डरबाट रातिको समयमा रजनिगन्धा, खैनि, चिनी, कपडा लगायतका सामग्री आइरहेको उनीहरुले बताए ।
साथै किसानका समस्या (मल, बिउ, विजन) चाडो भन्दा चाडो समाधान गर्नुपर्ने माग पनि अघि सारिएको छ । अनुगमनको क्रममा जनतालाई राहतको अवस्थाबारे पनि सोधीखोजी गरिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]