सामाजिक सञ्जाल

    Showing 1-8 of 8 items.
  • जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

    चितवन । कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा आएका छन् । गत बिहीबार सबै कैदीबन्दीको परिवार तथा आफन्तलाई सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।कार्यालयका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म २३५ जना कैदीबन्दी कारागार फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० जना कैदी कारागरबाट फरार भएका थिए ।” कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।कारागार कार्यालयमा कैद भुक्तान गर्दै आएका तथा बन्दी जीवन बिताएकामध्ये चार जना भैरहवा कारागारमा र एक जना दमौली कारागारको सम्पर्कमा आएको उहाँले

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • 307 पटक पढिएको
    • नेपाल रेखा
  • सामाजिक सञ्जालमार्फत चरित्रहत्या अभियोगमा पक्राउ

    काठमाडौँ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्द प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राख्ने भनी धम्की दिएको भन्ने उजुरीका आधारमा उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो । उनीमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहे

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 365 पटक पढिएको
    • नेपाल रेखा
  • द्वन्द्वपीडित महिला संजाल सुनसरी कार्य समिति पुनःगठन

    इटहरी । सुनसरीको इटहरीमा सुरक्षा सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन विषयक अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । असार ७ गते आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमकै अवसरमा द्वन्द्वपीडित महिला राष्ट्रिय संजालको सुनसरी कार्य समितिको पुनःगठन गरिएको छ । नव गठित कार्य समितिको अध्यक्षमा मेनुका लिम्बू खड्का, उपाध्यक्षमा लक्ष्मी भुजेल, सचिवमा आशा तामाङ्ग, सहसचिवमा मायाँ पाँचकोटी र कोषाध्यक्षमा कमला तामाङ्ग रहेका छन् ।सदस्यहरुमा गिता दाहाल, शुसीला राई, सोममाया राई, पवित्रा खत्री, कल्पना कोइराला रहेका छन् । साथै अन्य सदस्यहरुमा भुट्टी कुमारी चौधरी, आशो देवी चौधरी, हरिमाया मगर, पुनम धामी, चन्द्

    • प्रकाशित मितिः असार ९, २०८१
    • 356 पटक पढिएको
    • नेपाल रेखा
  • वीरगञ्ज महानगरको न्यायिक समितिले सात वर्षमा किनारा लगायो दुई सय ८१ उजुरी

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाअन्तर्गतको न्यायिक समितिले पछिल्लो सात वर्षमा दुई सय ८१ वटा उजुरीको किनारा लगाएको छ । महानगरपालिकाका उपप्रमुखको संयोजकत्वमा गठित समितिमा आर्थिक वर्ष २०७४–७५ देखि हालसम्म दर्ता भएका तीन ५३ उजुरीमध्ये दुई सय ८१ वटा किनारा लगाएको हो । उपप्रमुख इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आव २०८०–८१ को आठ महिनामा चारवटा उजुरी फछ्र्याैट गरेको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिनुभयो ।न्यायिक समितिमा चालु आवमा दर्ता भएको २३ वटा र अघिल्लो आव २०७९–८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फछ्र्याैट हुन बाँकी रहेको अधिवक्ता थापाले बता

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 275 पटक पढिएको
    • नेपाल रेखा
  • धरानका टोल टोलमा पानी नहुदा पनि गालीको डरले ठुलो जनमत चुपचाप

    यो सिजनमा धारामा पानी नआउने समस्या विगत वर्ष भन्दा धरानमा कहाली लाग्दोछ भन्न पाईदैन किनकि यहाँ मुख्य पदमा दलहरूले हारेका छन्, यहाँ पानी व्यवस्थापनका बारे राय सुझाव र धारणा राख्नु अपराध जस्तै सम्झेर एउटा पंक्ति कमजोर मुटु हुनेहरूलाई शहर छोड्नु पर्ने गरि गालीका वर्षात गर्छन् र भन्छन् गत वर्ष चाहिँ के थियो नि ? स्वभाविक रूपमा गत वर्षलाई मात्रै दाँज्ने भन्दा यो वर्ष जंगलमा विगतमा नै थपिएका पम्प र यो वर्ष गर्नु पर्ने थप कामका कारण हुनु पर्ने अपेक्षित सुधार हुन सकेको छैन । टोल टोलमा पानी छैन भन्दा आउने गाली खप्न सकिँदैन भनेर ठुलो जनमत चुपचाप देखिन्छ । अब गालीका प्रकार र मात्रा जति आए पनि मलाई स्वीका

    • प्रकाशित मितिः जेठ २१, २०८०
    • 480 पटक पढिएको
    • नेपाल रेखा
  • ‘आचारसंहिता अभिमुखीकरण अनिवार्य गरिएपछि आचारसंहिता उल्लङ्घनमा कमी’

    काठमाडौं । प्रेस काउन्सिल नेपालको सहयोगमा नेपाल प्रेस इन्ष्टिच्यूटले मिडियाकर्मीका लागि सञ्चालन गरेको पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहितासम्बन्धी दुई हप्ते पत्रकारिता तालिम शुक्रबार सम्पन्न भएको छ । भर्चुअल विधिद्वारा दैनिक चार घण्टा सञ्चालन भएको तालिममा २० भन्दा बढी जिल्लाका ३९ जनाको सहभागिता थियो ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तालिम समापनका क्रममा पत्रकारिता तथा मिडिया क्षेत्रमा आचारसंहिताको उल्लङ्घन निकै बढेको देखिएका कारण तालिम व्यापक बनाएको बताए । ‘प्रेस काउन्सिलमा सूचीकृत अनलाइन न्यूज पोर्टलका सञ्चालक, सम्पादक तथा अन्य पत्रकारलाई समेत पत्रकार आचारसंहिता

    • प्रकाशित मितिः असार २४, २०७९
    • 202 पटक पढिएको
    • नेपाल रेखा
  • पूर्व जनमुक्ति सेना अमर थापालाई उपचार खर्च अभाव

    धरान । सुनसरीको धरान–५ देउरालीमा बसोबास गर्ने अमर थापालाई उपचार खर्च अभाव भएको छ । थापा जेठ २८ गतेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत छन् । पूर्व जनमुक्ति सेना रहेका थापाको आन्द्रामा अल्सर भएर अप्रेसन गरिएको परिवारजनले जानकारी दिएका छन् । प्रतिष्ठानको वेडबाट थापाले ‘आर्थिक अभावले उपचारमा समस्या भइरहेको सबै साथीहरुलाई जानकारी गराउन चाहन्छु ।’ भन्दै पूर्व जनमुक्ति सेनाको फेसबुक ग्रुपमा म्यासेज पठाइ सहयोगको अपेक्षा गरेका छन् । थापाको अपेक्षा सामाजिक संजालमा पनि सार्वजनिक गरिएको छ । उनका परिवारजनले ऋण गरेर ८५ हजार रकम वीपी प्रतिष्ठानलाई तिरिसकेका छन्, अझै

    • प्रकाशित मितिः असार ९, २०७८
    • 923 पटक पढिएको
    • नेपाल रेखा
  • कोरोना संक्रमण हुन नदिन आफै सजग रहौं

      कोरोनाको प्रभाव फैलँदो छ । जाडो बढ्दो छ । भाइरसको प्रकोप जाडोमा झन धेरै हुने भनिन्छ । आफु र परिवारमा यसको प्रभाव अत्यन्त न्युन होस् अथवा पर्दै नपरोस् भन्नु छ भने आफु नै सचेत रहनु पर्छ । लागिसके पछि अर्कोलाई गाली गर्नु र रिसाउनुको कुनै अर्थ छैन ।   नेपालरेखा / लामो समयको कोरोना त्रास संगै अब समाज बिस्तारै सामान्य जनजिवनमा फर्किन सुरु भएको छ । यद्यपी कोरोना संक्रमण जोखिम भने यथावत नै छ भने अर्कातिर आशालाग्दो कुरा निको हुनेको संख्या पनि बढ्न थालेको छ । आइवार थप दुई हजार ८ सय २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ । योसंगै नेपालमा अहिलेसम्म संक्रम

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • 736 पटक पढिएको
    • "नेपाल रेखा"

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]