विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरवका रुपमा रहेको वीरेन्द्र सभागृह तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई औचापरिक रुपमा विराटनगर महानगरले धन्यवाद दिएको छ । जेनजी आन्दोलनमा सहभागी २३ वर्षीय अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइदिएर औपचारिक रुपमा धन्यवाद दिएका हुन् । अनमोललाई यसअघि मेयर कोइरालाले फोन गरेर धन्यवाद दिएका थिए । अनमोललाई महानगरले विशेष अवसर पारेर सम्मान गर्नेसमेत जनाएको छ । ‘अनमोलको प्रयासका कारण वीरेन्द्र सभागृह आगजनी र तोडफोड हुनबाट जोगिएको छ,’ मेयर कोइरालाले भन
सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहको बिहान २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिनुभएको छ ।गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आउनुभएको थियो । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा गोली प्रहार गरेका थिए । घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत प्रहरी टोली पुगेर आवश्यक अनुसन्ध
वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४ ग्राम चाँदी बरामद गरेको छ । विशेष सूचनाका आधारमा वीरगञ्ज महानगर–८ स्थित माईस्थानस्थित अभिषेक सर्राफको घरमा अवैध रूपमा भन्सार छली गरेको सुन र चाँदी गोदाममा रहेको सूचनाका आधारमा सो परिमाणको सुन र चाँदी बरामद गरेको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले बरामद भएको सुनचाँदी र नगद राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।“भन्सार छली गरेर सुन चाँदी भित्र्याए
काठमाडौं । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीमाथि नेकपा (माओवादी केन्द्र)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले साइबर अपराधमा संलग्न भएको आरोपमा उजुरी दर्ता गरेको छ । सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलन क्रममा निवासमा आगजनी हुनुअघि प्रचण्डले निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगेको भनी गरिएको दाबी ‘पूर्णतः झुठो र चरित्रहत्या गर्ने प्रयास’ भएको भन्दै प्रचण्डको सचिवालयले साइबर ब्यूरोमा कानुनी कारबाहीको माग गरेको हो ।सुवेदीविरुद्ध दर्ता गरिएको उजुरीमा डिजिटल माध्यममार्फत गरिएको गलत प्रचार–प्रसार सूचना प्रविधि ऐन २०६३ को दफ
काठमाडौं । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र उहाँका परिवारका सदस्यहरूविरुद्ध योजनाबद्ध रूपमा चलाइएका तथ्यहीन र चरित्रहत्या गर्ने उन्मुख समाचारप्रति पार्टीले कडा आपत्ति जनाएको छ ।संयोजक प्रचण्डको सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ– ‘संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित ढङ्गले भ्रामक र असत्य सामग्री प्रसारण हुनु अत्यन्त निन्दनीय र आपत्तिजनक कार्य हो ।’विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रो संविधानले विचार तथा अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरेको छ, तर त्यसको दुरुपयोग गरी अरूको चरित्र
काठमाडौँ I नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा सचिवहरूसँग छलफल गर्दै हुनुहुन्छ । वर्तमान असहज परिस्थितिमा न्यूनतम आधारभूत सेवा प्रवाहलाई सहज बनाउने विषयमा मुख्य सचिव अर्यालले सचिवहरूसँग भर्चुअल बैठक आयोजना गर्नुभएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।
इटहरी । सुनसरीको इटहरीमा जेन–जीको नाममा भइरहेको आन्दोलन हिंसात्मक र अराजकतापूर्ण बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले ३ दिनका लागि विदा दिने निर्णय गरेको छ । नगर प्रमुख हेमकर्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि २६ गतेसम्म नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, शिक्षण संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवा बाहेकका सबै स्वास्थ्य संस्था तथा अन्य सरकारी कार्यालयहरू बन्द रहने जानकारी दिएका छन् ।विज्ञप्तिमा मेयर पौडेलले आन्दोलनको नाममा सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार, सरकारी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोडजस्ता अराजक गतिविधि भएको जनाएका छन् ।‘आन्दोलनले अराजक रूप
इटहरी । जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाउँदा सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालय अगाडि एक युवकको मृत्यु भएको छ । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन ।घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलका अनुसार युवकलाई तत्काल अस्पतालतर्फ लगिएको थियो । भुजेलले घटनास्थलमा देखेका क्षतिबारे भने, ‘आँखै अघि श्वास गयो, शरीरबाट धेरै रगत बगेको थियो’, उनले भने ।सडक प्रदर्शनको क्रममा मात्र होइन, प्रदर्शनकारीहरूले उपमहानगर कार्यालयमा आगजनी समेत गरेका छन् ।सुनसरी प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाभित्र आज चार किल्ला तोकी कफ्र्यू आदेश जारी गरेको छ । जेनजी पुस्ताका नाममा भएको प्रदर्शन अराजक देखिएपछि तोकिएको निश्चित सिमानाभित्र कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको हो ।बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शङ्खमूल ओरालो हुँदै शङ्खमूल पुलसम्म कफ्र्यू आ
काठमाडौँ । सरकारले समयसिमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै आफूलाई ‘जेन जी’ पुस्ता भनिने युवाहरूको समूहले काठमाडौँमा प्रदर्शन गरेका छन् । काठमाडौँको माइतीघरमा जम्मा भएका प्रदर्शनकारीहरू बबरमहल हुँदै नयाँ बानेश्वरतर्फ अघि बढेका छन् । उनीहरूले निषेधित क्षेत्र न तोड्ने बताएका छन् तर प्रदर्शनका कारण काठमाडौँको यातायात अस्तव्यस्त बनेको छ । प्रदर्शनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आजको प्रदर्शनलाई कतिपय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाउँदै प्रद