खेलकुद

    Showing १-१० of ११४ items.
  • गुम्दामा आलु मेलामा खेलाडीलाई तीन पाथी आलु पुरस्कार

    गोरखा । धार्चे गाउँपालिका–५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष पनि आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लब र थामरा धार्चे युवा क्लबले यही भदौ १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गरेको हो ।‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा हाम्रो अभियान’ नाराका साथ मेला आयोजना गरिएको आयोजक गुम्दा एकता क्लबका अध्यक्ष मनुराज गुरुङले बताउनुभयो । मेलामा जिल्लास्तरीय अन्तर क्लब पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीयस्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । पुरुष भलिबल प्रतियोगितामा धार्चे–७ लापुबेँसीको घल

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • १८६ पटक पढिएको
    • नेपाल रेखा
  • अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ अध्यक्षमा इटहरीका रितेश श्रेष्ठ

    इटहरी । अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ ले दोस्रो अधिवेशन सम्पन्न गरी नयाँ ६१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित गरेको छ । सुनसरीको इटहरीमा शनिबार उद्घाटन भएको अधिवेशन आइतबार सम्पन्न भएको हो । प्रदेश स्तरमा अखिल नेपाल खेलकुद महासंघमा खेलाडीहरुलाई संगठित गर्न अधिवेशन आयोजना गरिएको हो । १४ जिल्लाबाट आएका १२९ प्रतिनिधिहरूद्वारा निर्वाचन समितिले अगाडि बढाएको प्रक्रियाबाट सर्वसहमत अध्यक्षमाः रितेश श्रेष्ठ निर्वाचित भएका छन् ।उपाध्यक्षहरूमा– नयन श्रेष्ठ, गणेश मगर, योगेश थापा निर्वाचित भए । सचिवमा इन्द्रकुमार योञ्जन तामाङ निर्वाचित भए भने सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ्ग र कोषाध्यक्षमा&nda

    • प्रकाशित मितिः भदौ १, २०८२
    • ४१५ पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

    काठमाडौं । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले आगामी भदौ १० देखि १४ गतेसम्म पाँच अभ्यास शृंखला खेल्ने जनाएको हो । नेपालले आगामी भदौ १० गते एसिटी तथा भदौ १२ गते साउथ अस्ट्रेलियासँग समान दुई दुई ट्वान्टी–२० खेल्नेछ । पहिलो खेल बिहान ४ः४५ तथा दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ ।त्यसैगरी नेपालले भदौ १४ गते साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल खेल्ने तय छ । यो खेल बिहान ५ः४५ मा सुरु हुने छ । यो अभ्यास शृंखला अघि नेपालले अस्ट्रेलियाको डार्बिनमा टप एन्ड टी–

    • प्रकाशित मितिः साउन २९, २०८२
    • २३२ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा पहिलो राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार सम्पन्न

    इटहरी । सुनसरीको इटहरीमा ऐतिहासिक प्रथम राष्ट्रिय कोबुदो विशेष ‘किहोन’ सेमिनार दुई दिनसम्म भव्य रूपमा सम्पन्न भएको छ । नेपालका विभिन्न प्रदेशहरूबाट सहभागी वरिष्ठ प्रशिक्षक तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त सेमिनारले नेपाली कराते खेल क्षेत्रमा थप उपलब्धी हासिल भएको छ ।दुई दिने सेमिनारमा जापानबाट आएका करातेका ओल्ड ग्रान्ड मास्टर गियो गिबो सहित १२ जना वरिष्ठ प्रशिक्षकहरूले विभिन्न विधामा कोबुदो तथा करातेका विशेष कौशल प्रदर्शन गर्नुका साथै प्रशिक्षण प्रदान गरेका थिए ।‘शान्ति–मित्रता–एकता’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । सेमिनारको स

    • प्रकाशित मितिः साउन ११, २०८२
    • ३३९ पटक पढिएको
    • नेपाल रेखा
  • मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तामाङको पुनःबहाली

    विराटनगर । उच्च अदालत विराटनगरको आदेशपछि इन्द्रकुमार योन्जन तामाङले पुनः मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यभार सम्हालेका छन् । अदालतले पुनः बहालीको आदेश दिएपछि तामाङ मंगलबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन् ।तामाङ २०८० चैत २३ गते चार वर्षे कार्यकालका लागि मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । तर २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) ले तामाङलाई पदबाट हटाएका थिए । बस्नेतले आफ्नो निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप ला

    • प्रकाशित मितिः असार ४, २०८२
    • ३६४ पटक पढिएको
    • नेपाल रेखा
  • फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

    लमजुङ । नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानमा मस्र्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा चोक’ नामाकरण गरिएको छ । आज एक कार्यक्रमबीच मस्र्याङ्दी–९ पामचोकका फुटबलर सावित्राको सम्मानमा साम्बा चोक नामाकरण गरिएको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले साम्बाको तस्बिर राख्दै आजदेखि यस क्षेत्रलाई साम्बा चोक नामाकरण गरिएको घोषणा गर्नुभयो । आफ्नै ठाउँको चेली सावित्रा फुटबल खेलको क्षेत्रबाट पालिका, जिल्ला मात्र नभई नेपाललाई विश्वसामु चिनाउन सफल भएकाले पालिकावासी हर्षित रहेको उहाँको भनाइ छ । यस्ता कार्यले सावित्रालाई प्रेरणा मिल्

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ४२९ पटक पढिएको
    • नेपाल रेखा
  • ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

    गण्डकी । नवौँ संस्करणको पोखरा स्पोट्र्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन एवं सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा पोखरामा आयोजित अवार्ड वितरण समारोहमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उहाँलाई अवार्ड हस्तान्तरण गर्नुभयो । यसअघि अवार्ड छनोट समितिले उक्त अवार्डका लागि केसीको नाम सिफारिस गरेको थियो । नेपाल सुटिङ सङ्घका उपाध्यक्ष केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भई विभिन्न पदक हात पारिसक्नुभएको छ । बागलुङकी उहाँ सन् २००० मा सिड्नीमा भएको २७ औँ ओलम्पिक खेलमा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ३७६ पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीको ओसीयन पार्कमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता हुने

    इटहरी । यही वैशाख २८ र २९ गते इटहरीको ओसीयन पार्कमा कोशी प्रदेश स्तरीय खुल्ला पौडी प्रतियोगिता हुने भएकोछ । कोशी प्रदेश पौडी संघको आयोजनामा ओसीयन पार्कको स्वीमिङ पुल (सर्ट कोर्ष) मा प्रतियोगिता आयोजना गरिएको पार्कमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा कोशी प्रदेश पौडी संघका अध्यक्ष डम्बरबहादुर तामाङ्गले यो प्रदेशका १४ जिल्लाबाट १ सय ६० पौडी खेलाडी प्रतियोगितामा सहभागि हुने बताए । अध्यक्ष तामाङ्गले २३ वटा विभिन्न इभेन्टहरुको खेल संचालन हुने जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वीतीय हुने टिमलाई ३० हजार र तृतीय हुने टिमलाई २० हजार नगद, ट्रफी तथा

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ५१० पटक पढिएको
    • नेपाल रेखा
  • कोशी प्रदेशबाट योग विधाका खेलाडी छनौट

    इटहरी । मोरङको उर्लाबारीमा संचालित बालगृह परिसरमा योग विधाका खेलाडी छनौट गरिएकोछ । यही फागुन १० गते हुने राष्ट्रिय योग खेलमा सहभागी गराउनको निम्ति बुधवार कोसी प्रदेश स्तरीय योगा खेलाडीहरुको छनौट प्रतियोगिता सम्पन्न गरिएको हो । छनौट चरणमा ७५ योग खेलाडी सहभागि रहेका थिए । ती मध्ये ४५ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको योग खेलकुद संघ कोशी प्रदेश अध्यक्ष डा.खगेन्द्र ओलीले जानकारी दिए । छनौट प्रतियोगितामा डा. आनान्द गैरे, उर्लाबारी नगरपालिका वडा नम्बर–५की वडा अध्यक्ष उर्मिला थापा, संघका केन्द्रिय उपाध्यक्ष कैलास विष्टको उपस्थिति रहेको थियो । छनौट प्रतियोगिता सम्पन्न गर्न सहयोग

    • प्रकाशित मितिः फागुन २, २०८१
    • ४२९ पटक पढिएको
    • नेपाल रेखा
  • धरान चिनाउने बुढासुब्बा गोल्डकप

    संगीता राई धरान । यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको शरह भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो । कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ । बुढासुब्बा गोल्डकप मेरो सपनाजस्तै हो पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • ४४८ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]