काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको छानबिनको माग गर्नुभएको छ । प्रतिनिधिसभामा विशेष समय लिएर संयोजक प्रचण्डले कप्तानगञ्जमा घटनामा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन भन्ने विषयमा अध्ययन गरी वास्तविकता बाहिर ल्याउन विशेष अपिल गर्नुभयो ।संयोजक प्रचण्डले देशमा संवाद र सहकार्यमार्फत जस्तोसुकै समस्याको समाधन गर्ने परम्परा रहेकाले सुनसरी घटना पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्न ध्यानाकर्षण गराउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले देशको परिस्थिति सहज नभएको भन्दै
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा स्पष्ट गरिनुपर्ने माग भएको छ ।बैठक सुरु हुनासाथ यसअघिजस्तै विपक्षी दलका सांसद उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापालाई समय दिनुभयो ।संसद्मा प्रमुख विपक्षी दलका सचेतक थापाले प्रधानमन्त्रीले सीमा सम्बन्धमा यसअघि व्यक्त गर्नुभएको भनाइबारे थप स्पष्ट गर्नुपर्ने माग पूरा नभएकाले त्यसलाई निरन्तरता दिँदै विरोध गर्न बाध्य हुनुपरेको बताउनुभयो ।उहाँले हालै सुनसरीको कप्तानगञ्जमा स्थानीय युवक ओमप्रकाश मेहताको निधन भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो ।सरकारको पहिल
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन्द्र शाह नेतृत्वको नवोदित दल रास्वपाको एकल सरकारको १०० दिनको कार्यकाललाई लिएर राजनीतिक टिप्पणी गर्दै सरकारलाई तत्काल नकारात्मक निष्कर्षमा पुग्न नहुने बताएका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले सरकारको १०० दिनबारे आ–आफ्नो राजनीतिक दृष्टिकोणअनुसार फरक मूल्यांकन हुनु स्वाभाविक रहेको उल्लेख गरेका छन् । उनले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने उक्ति उद्धृत गर्दै मूल्यांकन हेर्ने दृष्टिकोणमा निर्भर हुने बताएका छन् ।भट्टराईले पुरानो संसदीय राजनीतिको निरन्तरता
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन् भने समूहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् । महाधिवेशन प्रतिनिधिका रूपमा
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमा आधारित बनाउने भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरेलगायत शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो ।कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यका लागि आगामी जेठ २८ गतेसम्मको समयलाई अन्तिम म्याद (डेडलाइन) तोकेको छ । बैठकले १५ औँ महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचयपत्र हुनु अनिवार्य गरेको छ । पार्टीको डिजिटल प्रणालीमा हालसम्म सात लाख ८२ हजार २०
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रुपमा आवेदन फाराम भर्न खुला गरेको छ ।पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । समितिको बैठकले नेपालको संविधान र पार्टीको विधानअनुसार योग्यता पुगेका नागरिकले नयाँ क्रियाशील सदस्य बन्नका लागि पार्टीको वेबसाइटमार्फत सहज तथा सरल रुपमा आवेदन फाराम भर्न सकिनेगरी खुला गरेको जनाएको छ ।
वीरेन्द्रनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशमा सर्वदलीय सहमतिमा सरकार गठन भए मात्र आफ्नो दल त्यसमा सहभागी हुने बताउनुभएको छ ।प्रेस सेन्टरले आज वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग मिलेर सरकार गठन गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभयो ।“मधेसवादी दलसहित सबै दलको सहमतिमा संयुक्त सरकार बनेमा मात्र हाम्रो दल सरकारमा जान्छ,” उहाँले भन्नुभयो, “कांग्रेस र एमालेबाट अलग–अलग सरकार निर्माणको प्रस्ताव आएको थियो त्यसलाई मैले अस्वीकार गरेको छु ।”
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले लामो क्रान्तिको उपलब्धिमाथि गर्व गर्ने तर केही व्यक्तिहरू त्यही क्रान्तिलाई आपराधीकरण गर्ने प्रयत्न गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “मैले तपाईँहरूलाई गणतन्त्रका फूल भनेको थिएँ । शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरूको जिम्मेवारी हो ।” नयाँ
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट निर्वाचित सांसद वर्षमान पुनले आफ्नो पार्टीले सदनमा आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा मन्तव्य राख्दै उहाँले देश र जनताको पक्षमा आफ्नो पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “राष्ट्र निर्माण, सामाजिक न्याय, रूपान्तरणलगायत जनहित र सकारात्मक विषयमा सरकारलाई सहयोग गर्न तयार छौँ”, सांसद पुनले भन्नुभयो, “गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र समावेशितालगायत राजनीतिक उपलब्धिलाई अझ उन्नत बनाउँदै लैजानेमा सहकार्य र समन्वय गर्नेछौ