सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा राजनीतिक दलहरुको अपिल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।सर्वदलीय बैठकले सात बुँदे संयुक्त वक्तव्य जारी गर्दै उत्पन्न परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्तिसहित राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गरेको हो ।यसैगरी, नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व रहेको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि अवाञ्छित गतिविधि तथा उत्तेजनामा नलाग्न आमनागरिकलाई आग्रह गरेको छ । आवेग र मुठभेडले समस्याको समाधान नगरी थप जटिलता निम्त्याउने भएकाले संयमता अपनाउन देशवासीसँग अपिल गरेको छ ।लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट सम्भव हुने भन्दै बैठकले सम्बन्धित सबै पक्षलाई आफ्ना माग तथा असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आह्वान गरेको छ ।सामाजिक सद्भाव र दिगो शान्ति कायम राख्न केन्द्रको प्रयासले मात्र सम्भव नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आआफ्ना पार्टीका विभिन्न तहका समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।बैठकले यस्ता संवादलाई तल्लो तहसम्म पुर्याई नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न तथा स्थानीय धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई समेत सहभागी गराएर मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न सम्बद्ध पक्षसँग अनुरोध गरिएको छ ।त्यसैगरी, यस्ता प्रकृतिका दुःखद् तथा संवेदनशील घटना भविष्यमा देशका कुनै पनि भूभागमा दोहोरिन नदिन राजनीतिक दलको केन्द्रीय तह गम्भीर रहेको जनाउँदै आवश्यक पहलकदमी, निरन्तर समन्वय र अनुगमनसहित नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैठकले संवेदनशील अवस्थामा सामाजिक सञ्जाललगायतका माध्यमबाट फैलिन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहले परिस्थिति थप भयावह बनाउन सक्ने भन्दै सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आमनागरिकलाई आग्रह गरेको छ ।त्यस्तै यस किसिमको संवेदनशील घटनाबाट हुनसक्ने क्षतिको न्यूनीकरण तथा रोकथाम गर्न आमसञ्चारमाध्यमका महत्त्वपूर्ण भूमिका हुने भएकाले सोहीअनुसार अझ संयमित, जिम्मेवार र तथ्यपरक सूचनामात्र सम्प्रेषण गर्न आसञ्चारमाध्यमको ध्यानाकर्षण गरेको छ ।देवानगन्ज घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरी शोकाकूल परिवारमा समवेदना, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सामाजिक सद्भाव र दिगो शान्ति स्थापनाका पक्षमा सर्वदलीय बैठकमा जारी संयुक्त वक्तव्यमा उल्लेख छ ।रास्वपाका सभापति लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) , नेकपा (एमाले)क... ... ... ...

पहिलो पाइला नेपाल सुन्दरहरैंचाको नयाँ कार्यसमिति चयन

सुन्दरहरहरैंचा । स्थानीय युवाहरुले सञ्चालन गर्दै आएको सामाजिक संस्था ‘पहिलो पाइला नेपाल’ ले नयाँ कार्यसमितिको चयनसँगै समाज परिवर्तनको अभियानलाई अझ सशक्त बनाउने अठोट गरेको छ । शनिबार सुन्दरहरैंचाको गोठगाउँमा सम्पन्न छैटौँ साधारणसभाले विजय ओझालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै ११ सदस्यीय नय... ... ... ...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिल...

अर्थ–वित्त अर्थ–वित्त बाट थप
सामाजिक सद्भाव र दिगो शान्तिका पक्षमा राजनीतिक दलह

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत देशका विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सद्भाव र शान्ति कायम राख्न अपिल गरेको छ ।सर्वद...

शिक्षा–स्वास्थशिक्षा–स्वास्थबाट थप
इटहरीमा नेपाली हिज्जे प्रतियोगिता–विश्वआदर्श प्रथम

इटहरी । शनिबार इटहरीमा आयोजित नगरस्तरीय नेपाली हिज्जे प्रतियोगितामा इटहरी–४ स्थित विश्वआदर्श माध्यमिक विद्यालय प्रथम भएको छ। पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिबार इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा इटहरी–६ को मोर्डन प्रिपरेटरी माध्यमिक व...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]