शिक्षामा बजेट बढाउन माग

  • जेठ ९, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरूले समाजवादोन्मुख शिक्षाको स्थापनाका लागि उच्च प्राथमिकता दिइनुपर्ने जनाइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री राम कार्कीले शिक्षामा समाजवादोन्मुख रुपान्तरणका लागि तल्लो तहबाट दबाब सिर्जना हुनुपर्ने बताउनुभयो भने नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद देवेन्द्र पौडेलले उत्पादनमुखी र व्यवहारिक शिक्षाका लागि बजेट वृद्धि गर्न आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाका सदस्य डा. सूर्य पाठक र कृष्णभक्त पोखरेलले एउटा देशमा दुई खालका नागरिक उत्पादन गर्ने शिक्षा प्रणााली अन्त्य गर्ने अहिले उपयुक्त अवसर भएको बताउनुभयो । राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्माले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनका आधारमा शिक्षामा रुपान्तरण गराउन संसद्मा आवाज उठाइएको बताउनुभयो ।
शिक्षाविद् डा मनप्रसाद वाग्लेले विद्यालय क्षेत्र (जोइनिङ) गर्नुपर्ने, विषयगत शिक्षक थप्नुपर्ने, प्रारम्भिक बाल विकास र सूचना प्रविधिमा प्राथमिकता दिनुपर्ने जनाउनुभयो । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले संसद्ले पारित गरेका शिक्षा ऐनअनुसार प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको मूल प्रवाहमा समावेश नगरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले प्रारम्भिक बाल विकासका सहजकर्ता शिक्षक र निजी विद्यालयका शिक्षकहरूको सुविधा अन्त्यन्त न्यून भएकाले वृद्धि गर्नुपर्ने बताउनुभयो ।

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]