स्वास्थ्य कार्यालय धनकुटालाई संसद राजेन्द्र राईद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • जेठ ८, २०७७ / "नेपाल रेखा"
alt

धनकुटा । विश्व महामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस कोविड–१९ को संक्रमणबाट अब धनकुटा पनि अक्षुतो छैन । जसले गर्दा जिल्ला उच्च जोखिममा रहेको छ ।
यस जोखिमलाई केहिहदसम्म सामना गर्न सहज होस् भन्ने उद्देश्यले संघिय सांसद राजेन्द्रकुमार राईको पहलमा स्वास्थ्य कार्यालय धनकुटामा ६ लाख बढि रकमको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
जिल्लामा कोरोना भाईरसको संक्रमण बढेसंगै चासो र चिन्तालाई सम्बोधन गर्ने उद्देश्यले संक्रमणको रोकथाम र उपचारको लागि राईले स्वास्थ्य कार्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउनु भएको हो ।
धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण भेटिन थालेपछि त्रास फैलिएको छ भने सक्रमितको संख्या बढेपछि स्वास्थ्य सामाग्रीको अभाव भएको छ ।
सांसद राईले भिटिएम (प्याकिङ मेटेरियलसहित) ५ सय सेट, गाउन ५० थान, फेस सिल्ड १० पिस, एन ९५ माक्स १ सय थान, सर्जिकल क्याप ५० थान, माक्स सर्जिकल २ सय थान, पञ्जा २ सय जोर, सेफ्टी चस्मा ४० थान, सु कभर ५० जोर र डिजिटल थर्माेमिटर १० थानलगायतका स्वास्थ्य सामाग्री जिल्ला पठाउनु भएको हो ।
जिल्ला अस्पतालका स्वास्थ्यकर्मि र सुरक्षाकर्मीलाई नै कोरोना संक्रमण भेटिएपछि धनकुटा अस्पताल पुग्ने जतिले पिसीआर टेष्ट गराउन सांसद राईले आग्रह गर्नु भएको छ ।
सांसद राईले सम्भावित व्यक्ति र काठमाडौंबाट धनकुटा गएका सबैलाई पिसीआर प्रविधीबाट कोरोना संक्रमण परिक्षण गर्ने तयारी भइरहेकोले केही दिनभित्रै सबैको जाँच गरिने बताउनु भएको छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]