इटहरी । कला, संस्कृति र पर्यटनलाई परस्पर रूपमा समन्वय गर्दै विकास र जनचेतनाको उद्देश्यले गठित तालतलैया कला साहित्य सांस्कृतिक समाजको आयोजनामा एक भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका उपाध्यक्ष रमेशप्रसाद धमलाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्षता सुधिर केसीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री कल्पना धमला रहनुभएको थियो भने विशेष अतिथिका रूपमा साहित्यकार चेतनाथ धमलाको उपस्थिति रहेको थियो ।कार्यक्रमको विषयगत मुख्य वक्ता जैविक दर्शनका लेखक मोहन तिम्सिना थिए । साथै, अन्य वक्ताहरूमा तालतलैया विकास तथा संरक्षण समितिका पूर्वअध्यक्ष लक्ष्मी
विराटनगर । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो ।प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आय
मनै न हो यार कहिले काहीँ जवानी सम्झिन्छुउ बेला मथेको ठेकी अनि मदानी सम्झिन्छु । गोठ त उजाड सुनसान भएको छ आज भोलिती औधिनै बदमास कोरलिका कहानी सम्झिन्छु । जे भयो अतीत भुलिदे उनीलाइ भन्छ यो मनआज आफ्नै मनको अग्रह नि नमानी सम्झिन्छु । लेखेको र देखेको कहाँ मिल्दो रहेछ बड्डामनमा भको कर्ममा नभको परानी सम्झिन्छु ।
इटहरी । प्रगतिशील लेखक संघ सुनसरीको १० औं जिल्ला अधिवेशन सम्पन्न भएकोछ । जिल्ला अधिवेशन संघका केन्द्रीय उपाध्यक्ष नमूना शर्माको उपस्थितिमा शनिबार सम्पन्न भएको हो । अधिवेशनबाट प्रगतिशील लेखक संघको सुनसरी जिल्ला अध्यक्षमा विमला पोख्रेल चयन भएकी छन् । कृष्णप्रसाद गौतम, सचिवमा कृष्णप्रसाद नेपाल, सुस्मिता नेपाल र कोषाध्यक्षमा सन्जिव कटुवालःचयन भएका छन् । जिल्ला कार्यसमितिको सदस्यहरुमा चन्द्रबहादुर सुवेदी, मिथिला पोख्रेल, कान्ता पोख्रेल र गीता बस्नेत चयन भएका छन् ।
इटहरी । जनवादी साहित्यको महत्व र जनवादी साहित्य लेखकहरुको सामाजिक प्रतिबद्धतालाई विस्तार गर्ने उद्देश्यका साथ अखिल नेपाल लेखक संघ सुनसरीले वुधवार संयुक्त कविता वाचन कार्यक्रमको आयोजना गरेकोछ । कार्यक्रम इटहरीस्थित नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा आयोजना भएको थियो । कार्यक्रममा सहभागीहरुको ध्यान विभिन्न कविता वाचनतर्फ खिचिएको थियो । कविहरुले जनचेतना र समाजको सामाजिक–आर्थिक अवस्था सुधार गर्ने सन्देश बोकेका कविता वाचन गरेका थिए । यस कार्यक्रममा प्रख्यात कवि बम देवान र अन्य साहित्यकारहरुले आफ्ना काव्य रचनाहरु मार्फत समकालीन सामाजिक असमानता र प्रगति–संस्कृतिका विषयमा गहिरो वि
इटहरी । महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्ती तथा जनजागरण पुस्तकालयको साहित्यिक जागरण अभियान अन्तर्गत ६१ औं श्रृङ्खला कार्यक्रम इटहरीमा सम्पन्न गरिएकोछ ।इटहरी–५ पचरुखी चोकमा आयोजित कार्यक्रममा देवकोटाको शालिकमा माल्यार्पण गरिएकोछ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कात्तिक कृष्ण औंसी अर्थात् लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा भएको थियो ।दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित भएका छन् ।उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका छन
इटहरी । नेपाली लोक जीवनका गीत समेटिएको इटहरीका गायत्री लम्सालको हारे आफैँसँगको गीती सङ्ग्रह बुधबार सार्वजनिक गरिएको छ । गीती सङ्ग्रह गीतकार विजय श्रेष्ठ, शिक्षासेवी तथा साहित्यकार लेखनाथ घिमिरे, प्रध्यापक डाक्टर बद्रीविशाल पोखरेललगायतले सार्वजनिक गरे । समाजमा सकारात्मक प्रेरणका लागि प्रेरित गर्ने सोचले रचना गरिएका लम्सालको गीती सङ्ग्रहमा ८४ वटा गीत समावेस गरिएको छ । लम्सालले गीती सङ्ग्रह सार्वजनिकका क्रममा महत्वपूर्ण १२ वटा गीत प्रस्तुत गरे । लम्सालका यसअघि दुईवटा कृति आकाश हेर्दै दोबाटो २०६९ र पानीको रंग २०७५ सार्वजनिक भइ सकेका छन् । दोस्रो कृति प्रकाशनपछि लम्सालको बढी संगत गीतकारसँग भएकाले ग
विराटनगर । साहित्यकार उमानाथ भट्टराईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थी, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेल, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल, नेपाली लेखक संघ कोशी प्रदेश समितिका महासचिव मीनकुमार नवोदित, झ
विराटनगर। विराटनगरस्थित विराट साहित्य संगमको नियमित मासिक साहित्यिक शृंखला सम्पन्न भएको छ । राष्ट्र सेवक बहुमुखी सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा संगमले हरेक महिनाको अन्तिम शनिबार साहित्यिक शृंखला सञ्चालन गर्दै आएको छ । २ सय १६ औं शृंखलामा कवि खेम नेपाली, हरि कट्टेल, भीम कोइराला, मीनकुमार नवोदित, बाबुराम पोखरेल, मीना श्रेष्ठ, शारदा भट्टराई, अच्युतमणि पौडेल, वासुदेव नेपाल, माहनसिंह लिम्बू, कुमार श्रेष्ठ, ऋषि तिवारी, भूपाल अधिकारी, शारदा कार्कीले आ–आफ्ना सिर्जना वाचन गरे । साहित्यकार गोपाल निर्भीकको सभापतित्व तथा साहित्यकार शम्भुप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा
विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानजका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । विमोच