बराहक्षेत्रले सिमानामा आइपुगेका नागरिकलाई ल्याउने

  • जेठ १०, २०७७ / "नेपाल रेखा"
alt

अच्युत भट्टराई
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले भारतबाट विभिन्न नाका हुदै नेपाल आएर सिमानामा रहेको पालिकाको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई ल्याउने भएको छ ।
बिश्व कोबिड–१९ को महामारीमा परे पछि रोजगारी गुमाएर नेपाल फर्केका मजदुरहरुको तथ्यांक पत्ता लगाइसकेको हुँदा उनीहरुको स्वास्थ्य परिक्षण गरि आफ्नै नगर ल्याइने बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले बताए ।
बराहक्षेत्र नगरपालिका वार्ड न ५ घर भएका प्रदेश नम्बर ५ को रुपन्देहीको शंकरपुर नगरमा ३ जना, वराहक्षेत्र ५ कै प्रदेश नम्बर ५ को बुटवल नगरपालिका क्रान्ति सेकेण्डरी माबिमा ६ जना, वराहक्षेत्र ९ र १० का प्रदेश नम्बर ५ को कचन गाउँपालिकामा ४ जना, त्यसैगरी बराहक्षेत्र नगरपालिका घर भएका झापाको इट्टा भट्टा स्थित आदर्श माबिमा २५ जना रहेका छन् ।
त्यस्तै रोजगारीका लागि काठमाडौको तारकेश्वर नगरपालिका जितपुर फेदिमा रहेका वराहक्षेत्र ४ का ७ जनालाई पनि ल्याउने भएको छ ।
नगर प्रमुख खनालका अनुसार नगरपालिकाले सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ लाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।
मापदण्ड बमोजिम क्वारेन्टाइनलाई ब्यबस्थित गर्ने काम भैरहेको छ । तीनै ठाउँमा गरि जम्मा २ सय जना राख्न सकिने छ ।
प्रदेश नम्बर ५ को सुनौली नाका हुँदै नेपाल आएर रुपन्देही जिल्लाको शंकर नगरपालिका दुर्गादत्त क्याम्पसको क्वारेन्टाइनमा रहेका बराहक्षेत्र ५ का भिम रावल भन्छन्–‘नेपाल आएको करिब दुई साता भयो यहाँ हामीलाई राम्रो राखेको छ । खाना बस्न राम्रो छ । स्वास्थ्य अवस्था पनि राम्रो छ । तर घर जान पाइएन । परिवार चिन्तित हुनुहुन्छ नगरपालिकाले आफ्नै ठाउँमा लगेर क्वारेन्टाइन राखे हुने ।’
यस अघि वराहक्षेत्र नगरपालिकाले रोजगारीको शिलसिलामा काठमाडौमा रहेका ३ सय जनालाई घर फर्काइसकेको नगरपालिकाका सूचना अधिकृत पुकार पोखरेलले जानकारी दिए ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]