कला र कलाकार

    Showing 1-10 of 50 items.
  • इटहरीमा ‘माया जालैमा’ म्यूजिक भिडियो सार्वजनिक

    इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यको स्वरमा रहेको पूर्वेली भाकाको नयाँ दोहोरी गीत ‘माया जालैमा’ को म्यूजिक भिडियो शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सार्वजनिक गरिएको छ ।म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा इटहरीका गीत–संगीतप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरूले गीत र भिडियोको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।गीतका शब्द बालकृष्ण कार्कीले संयोजन गरेका हुन् भने संगीत संयोजन राम कार्कीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन् ।गीतको रेकर्डिङ इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 483 पटक पढिएको
    • नेपाल रेखा
  • दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख

    काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ । कम्पनीका प्रमुख म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले १४ दिनमा घरेलु बजारमा गरेको कमाइ उत्साहजनक छ । उक्त चलचित्रका निर्मातासमेत रहनुभएका खत्रीले तेस्रो सातामा प्राप्त ‘शो’ सङ्ख्याले आगामी दिनमा समेत राम्रो कमाइ गर्ने अपेक्षा गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले घरेलु दर्शकबाट पाए

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • 283 पटक पढिएको
    • नेपाल रेखा
  • लोकदोहोरीकी सुमधुर स्वर गंगा गौतम आचार्य – सञ्चार र समाजसेवामा पनि सक्रिय

    इटहरी । पूर्वाञ्चलको लोकदोहोरी क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नै छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ गंगा गौतम आचार्य । गीत–सङ्गीत, साहित्य, सञ्चार र सामाजिक सेवाको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर क्रियाशील उहाँ आज पूर्वी नेपालको परिचित सांगीतिक व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ ।हालै चन्द्रलोक प्रतिष्ठान काठमाडौंले उहाँको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरेको छ । गत चैत्र २६ गते बिहीबार नेपाल पुलिस क्लबमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सम्मानपत्र प्रदान गर्दै उहाँलाई सम्मान गर्नुभएको हो । प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कील

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 377 पटक पढिएको
    • नेपाल रेखा
  • यो दसैँ–तिहारमा एनबी मगरको छुट्टी मिलेन

    इटहरी । जेनजी आन्दोलनका कारण एक प्रकारको शून्यता, अप्ठेरो र दुःखको अवस्थामा पुगेको नेपाली समाजमा राष्ट्रिय चाड दसैँ भित्रिएको छ । परिस्थिति जे भए पनि, दुःखलाई उसकै ठाउँमा छोडेर नेपालीहरू राष्ट्रिय चाड दसैँलाई परिवारका सदस्य सबै सँगै हुने र मिठोमसिनो बाँडीचुँडी खाने विशेष अवसरका रूपमा लिने गर्छन् । यस्तो पृष्ठभूमिमा गीत–सङ्गीत सर्जक एनबी मगर लेख्छन्– ‘धानको बाला झुलिसक्यो, क्षितिज, गगन खुलिसक्यो । लिङ्गे–पिङ र चङ्गा उडाई रमझम चुलिसक्यो । मैँ दुःखीको परदेशमा कपाल सबै फुलिसक्यो ! ए, हौ उड्ने पिलेन, आइनँ आमा यो दसैँमा छुट्टी मिलेन !’ घरदेशको खुसीका लागि परदेश पुगेका

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 447 पटक पढिएको
    • नेपाल रेखा
  • कम्युनिष्ट पार्टीका संस्थापक कर्माचार्यको स्मृतिमा जनसांगीतिक यात्रा इटहरीबाट सुरु हुँदै

    इटहरी । नेपाली कम्युनिष्ट आन्दोलनका अगुवा तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शताब्दी वर्षको अवसरमा आयोजना गरिएको ‘नरबहादुर कर्माचार्य स्मृति जनसांगीतिक यात्रा’ सुनसरीको इटहरीबाट आइतबार सुरु हुने भएको छ ।इटहरीको दुर्गा पार्टी प्यालेसमा दिउँसो २ बजे हुने भव्य उद्घाटनसँगै अभियान सुरु भई सातै प्रदेशमा विस्तार हुँदै जाने स्मृति प्रतिष्ठान, सुनसरीका अध्यक्ष एकचन्द्र बराल (निर्मल) ले जानकारी दिएका छन् ।जनसांस्कृतिक महासंघको सहकार्यमा आयोजित यो सांस्कृतिक यात्रा समाजवाद, समानता र प्रगतिशील चेतनाको प्रचार–प्रसार, साथै सांस्कृतिक पुनर्जागरण गर्ने उद

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 356 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल आइडल सिजन–६ को विजेता गङ्गा सोनामलाई २५ लाख पुरस्कार

    ललितपुर । गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ ।आइतबार ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता हुनुभएको हो । विजेता सोनामले २५ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यसैगरी बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचाँै हुनुभयो । विजेतालाई पुरस्कार वितरण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेतालाई शुभेच्छा प्रकट गर्नुभयो । “नेपाल आइडल नेपालको हिरो कार्यक्रम हो । यो प्रतियोगिता सुरु भए पछि नै अरु नयाँनयाँ प्रतियोगिताहरु सुरु भएका छन् । नेपाल आइडल

    • प्रकाशित मितिः भदौ १६, २०८२
    • 350 पटक पढिएको
    • नेपाल रेखा
  • समाज परिवर्तनको सन्देश दिन ‘महाभोज’ चलचित्र सफल - अध्यक्ष प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताउनुभएको छ । आज चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै उहाँले चलचित्र निकै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लागेको बताउनुभयो । अध्यक्ष दाहालले पछिल्लो पुस्ताले सो चलचित्र हेरेर यसको भाव बुझ्न आवश्यक रहेको औँल्याउनुभयो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अध्यक्ष प्रचण्ड तथा समाजवादी मोर्चाका शीर्ष नेताहरू आज उक्त चलचित्र हेर्न सिटी सेन्टर पुग्नुभएको

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 305 पटक पढिएको
    • नेपाल रेखा
  • गंगा गौतम आचार्यको ‘धनकुटा धरान–२’ लोकदोहोरी गीत सार्वजनिक

    इटहरी । ‘धनकुटा धरान, कुन ठाउँमा जन्म हुन्छ नी लैलै कहाँ हुन्छ मरन...‘यस सन्देशमूलक भावले भरिएको लोकदोहोरी गीत ‘धनकुटा धरानको उल्लेखनीय सफलता पछि, पूर्वकी चर्चित लोक दोहरी गायिका गंगा गौतम आचार्यले यसको दोस्रो श्रृंखला ‘धनकुटा धरान–२’ सार्वजनिक गरेकी छिन् ।पूर्वी नेपालको पहाडी भूगोल, सांस्कृतिक धरोहर र पर्यटन सम्भावनालाई समेट्ने उद्देश्यले निर्माण गरिएको यो गीत गायिका गौतमकै शब्द र स्वरमा तयार पारिएको हो । लोकप्रिय गायक शम्भु राईसँगको सहकार्यमा बनेको यो गीतले गीत–संगीतप्रेमी दर्शक–श्रोतामाझ पुनः एक पटक गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।&lsquo

    • प्रकाशित मितिः असार १८, २०८२
    • 410 पटक पढिएको
    • नेपाल रेखा
  • गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

    काठमाडौं । सञ्चारकर्मी गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको प्रिज्मा डी.सिने अवार्ड १६ औं संस्करणमा अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ अर्पण गरिएको हो ।समारोहका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, विशिष्ठ कलाकार बसुन्धरा भुसाल, चैत्यदेवी र अन्य अतिथिहरूले उहाँलाई विगत दुई दशकदेखि नेपाली चलचित्रका क्षेत्रमा पत्रकारितामार्फत पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै सम्मान

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 511 पटक पढिएको
    • नेपाल रेखा
  • ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड

    काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ हेर्न चलचित्र भवनमा दर्शकको तछाडमछाड देखिएको छ । ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’पछि निर्माण भएको तेस्रो शृङ्खला ‘होस्टेल ३’ ले शुक्रबार औसत र शनिबार राम्रो व्यापार गरेको निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र प्रदर्शन भएदेखि नै कलाकारसँग चलचित्र भवन पुगेर दर्शक प्रतिक्रिया लिइरहनुभएका निर्देशक कँडेलले आगामी दिनमा चलचित्रले अझै राम्रो व्यापार गर्ने बताउनुभयो ।“दर्शकको प्रतिक्रिया निकै राम्रो छ, उहाँहरूले अन्य साथीभाइ, घरपरिवारलाई चलचित्र हेर्न सिफारिस गर्छु भन्नुभएको छ । यसले

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 268 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]