अच्युत भट्टराई
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ ले मजदुरहरुलाई राहतको सट्टामा रोजगारी दिन थालेको छ ।
लकडाउनकाकारण दैनिक ज्याला मजदुरीबाट बञ्चित भएका वडावासी मजदुरलाई यस अघि ३ पटक राहत दिएको वडा सचिव पूर्णमाया पौडेलले बताइनु । उनका अनुसार पहिलो पटक वडाकै बजेटबाट प्रति मजदुर ८ केजी चामल, १ पोका नुन र १ पोका तेल उपलब्ध गराइयो । दोश्रो पटक नगरबाट दिइएको २५ केजी चामल, १ लिटर तेल १ केजी दाल, १ केजी नुन पनि वितरण गरिएको छ । त्यस्तै प्लान नेपालले प्रती परिवार ४ सय ८१ घरलाई २ हजार ७ सय ३० दिएको वडाअध्यक्ष आशाराम चौधरीले बताए ।
लामो समय बन्दाबन्दी चलिरहदा सरकारले पनि लगातार राहत बितरण गरिरहन सक्ने अवस्था देखिदैन अहिले अति समस्यामा परेका मजदुरहरुलाई वडाका गर्नु पर्ने पूर्वाधार बिकास लगायतका काम खोज्दै काममा लगाइएको अध्यक्ष चौधरीको भनाई छ । त्यसवापत ज्याला पाउने उनको भनाई छ । लामो समय बन्दाबन्दीले रोजगारी गुमेको समयमा वडाले काम दिएर राहत मिलेको मजदुरहरुको भनाई छ ।