विचार

    Showing १-१० of ८१ items.
  • मानसिक स्वास्थ्य-हाम्रो समाजले अझै पनि खुलारूपमा गर्न नसकेको एउटा संवाद

    हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ, पढाइ कस्तो छ, बिहे कहिले गर्ने, भविष्यको योजना के छ भन्ने प्रश्नहरू सोध्छौं । तर एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न भने अझै पनि हाम्रो दैनिक संवादबाट हराइरहेको छ “तपाईं वास्तवमै मनदेखि कस्तो हुनुहुन्छ ?” मानसिक स्वास्थ्य आजको समयमा सबैभन्दा आवश्यक तर अझै पनि कम बुझिएको विषयमध्ये एक हो। धेरै मानिसहरू मानसिक स्वास्थ्यलाई केवल “पागलपन” वा गम्भीर मानसिक रोगसँग मात्र जोडेर हेर्छन् । तर मानसिक स्वास्थ्य भनेको हाम्रो सोच, भावना, तनावसँग जुध्ने क्षमता, सम्बन्धहरू सम्हाल्ने तरिका, दुःख सहने शक्ति, र जीवनका उतारचढावसँग अघि

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ११७ पटक पढिएको
    • नेपाल रेखा
  • अरिहन्त देखि पानीपिया सम्म

    कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग उल्लेख गरौं । आजभन्दा एक महिना पहिले भक्तपुरको सानोठिमी स्थित शिक्षासंग सम्बन्धित एउटा कार्यालयमा पुगेको थिएँ । मेरो काम वापत लाग्ने राजश्व तिरेर भौचर पनि बुझएको थिएँ । मेरो सरोकारका कर्मचारी थिए एकजना वरिष्ठ अधिकृत । उनी विद्यावारिधिका विद्यार्थी पनि रहेछन् । उनी काठको कुर्सीमा बसेका थिए । मैले सोधें हाकिम त मान्छे नै छोपिने ठूलो विदेशी कुर्सीमा बस्छन् त ? ती अधिकृत मुसुक्क हाँसे र सहज भावमा भने “यसमा ढाड दुख्तैन, स्वदेशी उत्पादन हो सस्तो पनि पर्छ र उता फिरेर कम्प्युटर चलाउन तल चक्का पनि छ ।”म पुगेपछि उनले मेरै काम गर्न थाल,े

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १६२ पटक पढिएको
    • नेपाल रेखा
  • बिचौलियापोषक प्रवृत्तिविरुद्ध जनतालाई सुझाव, काँग्रेस नेतृत्व र ओलीलाई प्रश्न

    – सरोजकुमार मिश्रमधेसी समुदाय र युवापुस्ता प्रस्ट हुनुपर्छ– मधेसकेन्द्रित दलालहरूले राजनीतिक आस्थालाई मन्त्री पदसँग साट्दै आलोपालो देश लुटेरमात्र खाएनन्, मधेसको मुद्दालाई कोमा (मृतप्रायः अवस्था)मा पु¥याए । दलालहरूले जनताको अधिकार कुन्ठित गर्दै तानाशाही तरिकाले विश्वको एकमात्र हिन्दू राष्ट्रको धर्म बेचेर खाए । विदेशीको पैसा र इसारामा गैरसरकारी संस्था (एनजिओ) चलाएर जनताको आशा र आस्थालाई कुल्चिए । अहिले, चुनावका मुखमा भने बिचौलिया, दलालहरूलाई मधेसको मुद्दाहरू सम्झना आउन थालेको छ । कतै जनतासँग क्षमायाचना त कतै पुनः विश्वासको भिख माग्दै गाउँघर डुलिरहेका छन् ।आस्थाका दलालहरू उपल्लो द

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • ३५९ पटक पढिएको
    • नेपाल रेखा
  • पुरानो सत्ताको कथित जन–जागरणविरुद्ध महाप्रलयको प्रतीक्षा

    – सरोजकुमार मिश्राजनताको चेतना र जीवनस्तर माथि उठाउनुभन्दा ठूलो विकास केही हुँदैन । नेपालमा नेताहरूले भन्ने गरेको विकास र समृद्धि सबैले देखेकै छन् । २०४७ साल उताको कुरा छाडिदिउँ, यताका कुनै पनि सरकारले दिगो विकास र स्थायी समृद्धिका लागि ठोस काम गरेको पाइँदैन । जबसम्म जनताको जीवनस्तर माथि उठ्दैन, तबसम्म मुलुक स्वाभिमानी र आत्मनिर्भर बन्न सक्दैन । विकास र समृद्धिका कुरा दिवा सपनाजस्तै हुन्छ ।मुलुकको यो दुरावस्था हुनुको प्रमुख कारण २००७ सालको क्रान्तिपछि हालसम्मका शासक वर्गले देखाएको आर्थिक तथा राजनीतिक अपारदर्शी व्यवहार नै हो । नेतृत्वकै मूर्खतापूर्ण व्यवहारले मुलुक कहालीलाग्दो सङ्कटमा फसे

    • प्रकाशित मितिः पुस १, २०८२
    • ७८२ पटक पढिएको
    • नेपाल रेखा
  • एमालेका अजम्मरी फूलहरु

    प्रा.डा. बद्रीविशाल पोखरेल जननेता मदन भण्डारीले एमाले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन प्रयत्न गरेका थिए । त्यसैले त उनले जनताको मन जितेर राजनीति राजकीय क्षेत्रको नेतृत्व हासिल गर्नु पर्छ भनेका हुन् । मदन त देशलाई नै प्रतिभाको फूलबारी निर्माण गर्न लागिपरेका थिए । यस्तो काम मदनको अवशानसँगै सेलाउन थाल्यो । अब बिलाउने हो कि भनेझैँ देखिन्छ । कम्युनिस्टहरुको प्रतिस्पर्धा आफू मात्र ठूलो र महान् ठान्ने हुने सामन्तवादी र पुँजिवादी खालको होइन । तिनको प्रतिस्पर्धा समाजवादी हो । यसको अर्थ आफू एक्लो मात्र होइन सिङ्गो आफ्नो वर्ग, समूह, समुदाय र समाजलाई नै सक्षम बनाउनु हो । तर अहिले पार्टीमा पुँजिवादी भन्द

    • प्रकाशित मितिः मंसिर २, २०८२
    • २६८ पटक पढिएको
    • नेपाल रेखा
  • भ्रष्टाचारी दलालहरूविरुद्ध मधेस मुद्दाको नयाँ कार्यदिशा

    – सरोजकुमार मिश्रा प्रथमतः भ्रष्टाचारविरुद्ध देश बचाउ आन्दोलनमा सहभागी सम्पूर्ण महान् सहिदहरूलाई विनम्र श्रद्धाञ्जली, घाइते जिउँदा सहिदहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । साथै जनआन्दोलन २०८२ मा सहभागी युवापुस्ता र आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन सहयोग गर्ने सबैमा हार्दिक आभार ! आन्दोलनको लक्ष्य प्राप्ति होस्, यही शुभकामना ! भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रोग हो । केही देशले भुइँ तहसम्म फैलिएको भ्रष्टाचार नियन्त्रण गर्न कठोर संवैधानिक व्यवस्था र प्रहरी–प्रशासन संयन्त्र चुस्त–दुरुस्त बनाएका छन् । हाम्रो देशमा भने न कठोर संवैधानिक व्यवस्था छ, न यसलाई नियन्त्रण ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • ५१० पटक पढिएको
    • नेपाल रेखा
  • विचार – तिहार र भैलो, सामाजिक रूपान्तरणको खोजी

    डा दीपेन्द्र रोकाया काठमाडौँ । नेपाल विविध संस्कृति, परम्परा र धर्मावलम्बीहरूले भरिएको हुजातीय, बहुभाषिक र बहुधार्मिक राष्ट्र हो । यस्ता विविधताबीच चाडपर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई गहिरो बनाउने काम गर्दै आएका छन् । तिनै चाडपर्वहरूमध्ये तिहार नेपाली समाजमा अत्यन्त लोकप्रिय, रङ्गीन र अर्थपूर्ण पर्व हो । यस पर्वलाई दीपावली, यमपञ्चक वा भाइटीकाको नामले पनि चिनिन्छ । तिहार केवल धार्मिक पर्व मात्र मानिएको छैन, उज्यालो, माया, सम्मान, सह–अस्तित्व र सामाजिक चेतनाको प्रतीक हो । पाँच दिनसम्म चल्ने यस पर्वमा प्रकृति, जनावर, श्रम, परिवार र समाजसँगको सम्बन्धलाई विशेष आदरक

    • प्रकाशित मितिः कार्तिक ४, २०८२
    • ४०९ पटक पढिएको
    • नेपाल रेखा
  • ज्यानभन्दा ठूलो होइन भौतिक संरचना

    – सरोज बरालहामी नेपालीहरू संवेदनाहीन भएकै हौँ ? के हामीसँग भएको मानवता मरिसकेको हो ? म आफैँले आफैँलाई धेरैपटक सोध्ने गरेको छु यो प्रश्न । तर आफैँ द्विविधामा रहेको पाउँछु । कहिलेकाहीँ यस्तो लाग्छ कि हामी नेपालीहरूमा जस्तो मानवता अरूमा कहाँ पाइन्छ ? कतै कोही बिमारी भएको, कसैको उपचार गर्नुपर्ने अवस्था प¥यो भने एक–दुई दिनमै करोडौँ रुपियाँ सङ्कलन गर्नसक्ने नेपालीबाहेक कमै होलान् ? विदेशमा त्यहाँको सरकार र अदालतले कसैलाई मृत्युदण्ड दिएको अवस्थामा पीडित परिवारले ‘ब्लड–मनी’को माग ग¥यो भने करोडौँ रुपियाँ जम्मा गर्ने हामी नेपाली नै हौँ ।कसैको जीवन रक्षा हुनसक्ने अवस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • ६२५ पटक पढिएको
    • नेपाल रेखा
  • जेन–जी अगुवाहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सुझाव

    जेन–जी अगुवाहरू र जेन–जी विद्रोहको जगमा बनेको वर्तमान अन्तरिम सरकार दुवैलाई उपयोगी सन्दर्भ–सामाग्री बन्न सक्ने मेरो आफ्नै जीवनको यो सत्य घटना–२०५० जेठ ३ गते चितवनको दासढुंगा नजिक त्रिशुलीमा जीप खसेर तत्कालीन एमाले नेताहरू मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएपछि देशमा ठुलो जनआक्रोश पैदा भयो । थप जनधनको क्षति हुनथाल्यो । एमाले, तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा (संजमो) लगायतको संयुक्त नेतृत्वमा आन्दोलन चर्कदै गयो। निष्पक्ष छानवीन, दोषीलाई कार्वाही लगायतका मागहरू अतिरिक्त तत्कालीन प्र म गिरीजाप्रसाद कोइरालाले राजीनामा गर्नु पर्ने मुख्य मागहरू बने । सरक

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ३२८ पटक पढिएको
    • नेपाल रेखा
  • नेपाली जनताको मूल्याङ्कनमा इतिहासकै रक्तपिपाशु ओली–देउवा

    भ्रष्टाचार उन्मूलन र सुशासनका लागि सडकमा निस्केका जेनजी (जेनरेसन जेड) पुस्ताका युवामध्ये भदौ २३ गते २१ जना र २४ गते २४ जनाभन्दा बढीले रगतको आहुति दिनुप¥यो । सुरुमा युवाहरूले आम जनताको भावनाअनुसारको माग राखेका थिए, सत्ता पल्टाउने योजना थिएन । तर रक्तपिपासु, सत्ता र शक्तिको उन्माद भरिएको सरकारले निधार र छाती ताकी–ताकी गोली ठोक्यो । परिणामतः मुलुकले इतिहासमै नसोचेको क्षति ब्यहोर्नु प¥यो ।जेनजी पुस्ताले भ्रष्ट नेताहरूले देश बिगारेकोमा चिन्ता व्यक्त गर्ने गरेका थिए । उनीहरूले आन्दोलनमा जानुअघि बुबाआमा तथा दाजुदिदी पुस्तालाई नैतिक समर्थन दिन तर प्रदर्शनस्थलमा नजान सार्वजनिक आग्रहसमेत ग

    • प्रकाशित मितिः असोज ६, २०८२
    • ३८१ पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]