इटहरी । युवाहरूमा उद्यमशीलता, नेतृत्व क्षमता तथा व्यवसायिक सोचको विकास गर्ने उद्देश्यले इटहरी जेसिजको आयोजनामा ‘भोलिको इटहरी व्यवसायिक दृष्टिकोण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।इटहरीस्थित होटल इन्टुरिस्ट प्यालेसमा आयोजित कार्यक्रम उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यता तथा इटहरी जेसिजका अध्यक्ष मिसन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा इटहरीका विभिन्न क्षेत्रमा सफल व्यवसाय सञ्चालन गर्दै आएका युवा व्यवसायी तथा विज्ञहरूले आफ्नो अनुभव, संघर्ष, अवसर र चुनौतीका विषयमा धारणा राख्दै व्यवसायिक क्षेत्रका विविध आयामबारे सहभागीलाई जानकारी गराएका
दाङको राजपुर गाउँपालिका-२ स्थित बेला गाउँमा सञ्चालन भएको एक महिने ढकिया बनाउने आधारभूत तालिममा सहभागी स्थानीय महिला। राजपुर गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाद्वारा सञ्चालित तालिममा खोला किनारमा खेर जाने वनस्पतिको प्रयोग गरी विभिन्न घरेलु सामग्री बनाउने सीप प्रदान गरिएको प्रशिक्षकले जानकारी दिनुभयो। तस्बिर-कुलदीप न्यौपाने-रासस
दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलेरियामा बिक्री गर्न छिटुवा बोकेर आएका सल्यान कपुरकोट गाउँपालिका कार्कीगाउँका पूर्णबहादुर पुन । घरमै निर्माण गरेको छिटुवा रु ३०० देखि रु ४०० सम्ममा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ। तस्बिर- कुलदीप न्यौपाने-रासस
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । राजदूतावास परिसरमा आयोजित कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकको सहभागिता थियो । कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार र सुरक्षासम्बन्धी विषयमा प्रस्तुति दिनुभएको थियो । उहाँले कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियम, वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको प्रयोग तथा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाल
ताप्लेजुङको मैवाखोला गाउँपालिका-१, ढुङ्गेसाँघुमा एक स्थानीय बासिन्दा डोको बुन्दै। निगालोको कप्टेरा चोयाबाट बनाइने एक प्रकारको भारी बोक्न प्रयोग हुने साधन हो। घाँस, दाउरा, तरकारी, अन्न बोक्न स–साना पशुपंक्षी छोप्नका लागि पनि प्रयोग गरिन्छ। तस्बिरः सन्तोष पुर्कुटी-रासस
इटहरी । राष्ट्रिय निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार भन्ने नारासहित इटहरी ढुवानी एजेन्ट व्यवसायी संघको १९ औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित अधिवेशनले केशब गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।नवगठित कार्यसमितिको उपाध्यक्षमा सगेन चौधरी, सचिवमा विवेक घिमिरे, सहसचिवमा राजन कुमार खत्री र कोषाध्यक्षमा निराग गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा विक्रम मगर, नवराज भट्टराई, चुइन्द्र बस्नेत र अमृत मानन्धर सर्वसम्मत रूपमा चयन भएका छन् । नयाँ नेतृत्व चयनसँगै संघले
झापा । जिल्लामा चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त तीन महिनाको अवधिमा कार्यालयमा उद्योगतर्फ १४५ र वाणिज्यतर्फ १७२ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ३३५ र वाणिज्यतर्फ ३३२ उद्योग नवीकरण गरिएको उहाँले बताउनुभयो । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा चालु आवको पहिलो तीन महिनामा उद्योगतर्फ ३८ र वाणिज्यतर्फ २५ गरी ६३ उद्योग खारेज हुँदा तीन उद्योगको ठाउँसारी, १६ उद्योग नामसारी, १४ उद्योगको नाम परिवर्तन तथा १० उद्योगले उद्देश्य थप
देशमा केही गर्न सकिँदैन भन्ने मानसिकता बोकेर हजारौँ युवा विदेशिन थालेको यो समयमा मकवानपुरका कृष्णप्रसाद सुबेदीले भने परम्परागत प्रविधिलाई आत्मसात् गर्दै स्वदेशमै आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन् । हेटौंडा उपमहानगरपालिका–५ का ४० वर्षीय युवा सुबेदीले स्थानीय अर्गानिक अन्नलाई प्रवद्र्धन गर्दै घट्ट प्रविधिबाट कोदो, फापर र मकैको पिठो उत्पादन गर्ने ‘बुद्धभूमी खाद्य उद्योग’ स्थापना गरेका छन् ।बजारमा गुणस्तरहिन, विषादीयुक्त खाद्यान्नको बढ्दो प्रयोग र स्वास्थ्यमा परिरहेको प्रतिकूल असर देखेर उनले ‘स्वस्थ जीवनशैली’ को लागि विकल्प खोज्दै यो यात्राको थालनी गरेका हुन् ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, कालोबजारी सिर्जना गर्ने व्यवसायी तथा उद्यमीलाई कानुनी कारबाही गरिने बताउनुभएको छ ।नेपाल आर्थिक पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित उपभोक्ता सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले संविधान प्रदत्त उपभोक्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेकाले व्यवसायीले व्यापारिक स्वच्छता तथा अनुशासन कायम गरी उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।सामाजिक र कानुनविपरीत वस्तु तथा सेवामा भइरहेको समस्या निरुपणका लागि सरकारले गरेको हस्तक्षेपकारी बजार अनुगमनले उपभोक्ता अधिकार संरक्
धिरेन्द्रकुमार चौधरी रामधुनी । सुनसरीको रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरीले नगरमा क्रियाशिल ४० जना उद्यमीहरुलाई एक कार्यक्रमबिच सम्मान गर्नुभएको छ ।उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र रामधुनी नगरको सहकार्यमा दायित्व संस्थाले आयोजना गरेको वृद्धिमुखी उद्यमशिलता र रोजगार प्रबद्र्धन कार्यक्रममा नगर प्रमुख चौधरीले उद्यमीहरुलाई सम्मानपत्र प्रदान गरि सम्मान गर्नु भएको हो । सो अबसरमा नगर प्रमुख चौधरीले उद्यमीहरुलाई सफलताको शुभकामना दिदै कार्यक्रममा सहभागी भइ फाइदा लिन आग्रह गर्नुभयो । सम्मानित हुनेहरू ललित निरौला, चन्द्रका बन्जारा, सोम कुमारी सुनुवार, लक्ष्मी कडेल, अनिता चौधरी, गङ्गा क