घुमफिर–भ्रमण

    Showing 1-10 of 12 items.
  • काँकरभिट्टाबाट गतआवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

    झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२–०८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन ।नाकाबाट कूल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कूल आगमनको ५३ प्रतिशतअर्थात् चार हजार नौ सय ९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानम

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 267 पटक पढिएको
    • नेपाल रेखा
  • सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गर्नुभएको छ ।उहाँले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गर्नुभएको जनाइएको छ । सांसद शेर्पा ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गर्नुभएको थियो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्याउनुहुने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • 289 पटक पढिएको
    • नेपाल रेखा
  • हिमाल अवलोकन गर्दै पर्यटक

    नेपाल घुम्न आएका विदेशी पर्यटक मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँबाट हिमाल अवलोकन गर्दै । तस्बिर-सुन्दरकुमार थकाली-रासस  

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • 226 पटक पढिएको
    • नेपाल रेखा
  • यात्रुकाे प्रतिक्षामा माेटरबाेट

    सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोसी नदी किनारमा यात्रुकाे प्रतिक्षामा रहेकाे माेटरबाेट । माेटरबाेटकाे सुविधाले चतराबाट वराहक्षेत्र मन्दिर तथा भाेजपुरकाे हतुवागढी जानआउन सहज भएको छ । तस्बिर - नवीन गड्तौला

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • 148 पटक पढिएको
    • नेपाल रेखा
  • मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

    सङ्खुवासभा । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी पर्वतारोहीको मृत्यु भएको छ । मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको आइतबार राति मृत्यु भएको हो । मृतक एलेक्स हिमालयन गाइड्स नामक ट्रेकिङ कम्पनीमार्फत मकालु हिमाल आरोहणका लागि आउनुभएको थियो । तेस्रो क्याम्पसम्म पुगेर बास बस्न दोस्रो क्याम्प फर्किएपछि उहाँको मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतक एलेक्स अन्य तीन विदेशी र चार जना नेपाली नागरिकसहि

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 293 पटक पढिएको
    • नेपाल रेखा
  • इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ हुने

    इटहरी । सुनसरीको इटहरीमा तीन दिने ‘इस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा इटहरीको सोल्टी वेस्टेण्डमा कोशी प्रदेशका पर्यटन व्यवसायीको विकास तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्ने उद्देश्यले जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म उक्त मार्ट आयोजना हुने भएको हो ।इटहरीमा पत्रकार सम्मेलन गर्दै मार्टको उद्घाटन कार्यक्रममा भारतको विहार, पश्चिम बङ्गाल, सिक्किम प्रान्त, भुटान र बङ्गलादेशलगायत मुलुकबाट पर्यटक ल्याइने योजना अनुसार मार्टको आयोजना गरिएको मार्टका सचिव वासुदेव बरालले बताउनुभयो ।मार्टमा कोशी प्रदेशलगायत अन्तर्रााष्ट्रियस्तरबाट ८० भन्दा बढी ट्राभल व्यवसायीको स

    • प्रकाशित मितिः जेठ २४, २०८१
    • 379 पटक पढिएको
    • नेपाल रेखा
  • पर्यटन प्रवद्र्धन गर्न मेची–महाकाली साइकलयात्रा

    झापा । पर्यटन प्रवद्र्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर यात्रीलाई बिदाइ गर्नुभयो ।मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ ।सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मे

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • 208 पटक पढिएको
    • नेपाल रेखा
  • भरतपुर भ्रमण वर्ष – ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा

    भरतपुर । भरतपुर भ्रमण, २०२४ का अवसरमा ७७ देशमा रहेका चितवनवासीलाई निमन्त्रणा गरिने भएको छ । भ्रमण वर्ष सफल बनाउन विभिन्न देशमा बसोबास गर्ने चितवनवासी र उनीहरुका विदेशी आफन्तलाई निमन्त्रणा गर्न लागिएको हो ।भ्रमण वर्ष, २०२४ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक सोम सापकोटाका अनुसार हालसम्म ५२ देशका चितवनवासीसँग प्रतिनिधिमूलक रुपमा सम्पर्क भइसकेको छ । गैरआवासीय नेपाली सङ्घका प्रवक्ता एवं पर्यटन प्रवद्र्धन समितिका संयोजकसमेत रहनुभएका सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयको काम गरिरहेका छन् ।यसका लागि ‘साथीलाई घर पठाऔँ (सेन्ड होम अ फ्रेण्ड)’ नारा दिएर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रच

    • प्रकाशित मितिः साउन १३, २०८०
    • 205 पटक पढिएको
    • नेपाल रेखा
  • नेपाल–जापान सम्बन्ध अझ मजबुद बनाउन भ्रमण केन्द्रित हुनेछ :अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । पाँचदिने जापान भ्रमणमा रहेका अध्यक्ष दाहालले शनिबार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल–जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए । “उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ, दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ”,उनले भने । जापान नेपालको विकासमा दातृ राष्ट

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 311 पटक पढिएको
    • नेपाल रेखा
  • यात्रा र पठन

    विराट अनुपम यात्रा गर्दा लुगा किन्न केही दिन लाग्छ । योजना बनाउन केही दिन लाग्छ । पैसा जोहो गर्न केही दिन लाग्छ । समय मिलाउन केही दिन लाग्छ । अर्थात यात्रा अगाडि यात्राको योजनामै एक हप्ता त लाग्छ लाग्छ । यो समयमा आफू यात्रा गर्न खोजेको ठाउँ बारेमा लेखिएका ग्रन्थ पढ्ने समय पुग्छ । त्यो बारेमा बनेका डकुमेन्ट्री, ब्लग र भ्लग हेर्ने समय पुग्छ । त्यो ठाउँ घुमेर आएकाबाट एक एक सूचना लिन समय पुग्छ । त्यो ठाउँका जानकारबाट धेरै कुरा सिकेर जान समय पुग्छ । यत्ति मेहेनतले हाम्रो यात्रा सोचे भन्दा भव्य हुन्छ । यात्रा त शैक्षिक वा अध्ययन भ्रमण जस्तो हुन्छ । अनुसन्धान भ्रमण जस्तो हुन्छ । मनोरञ्जन त यात्राको

    • प्रकाशित मितिः साउन २१, २०७९
    • 267 पटक पढिएको
    • नेपाल रेखा

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]