इटहरी उपमहानगरबाट गाई पाएपछि कृषकमा खुसीयाली

  • जेठ ८, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । इटहरी उपमहानगरले कोरली गाई वितरण गरेपछि विपन्न कृषकहरु खुशी भएका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले वडा नम्बर २० का २५ जना कृषकलाई २५ वटा कोरली गाई वितरण गर्नुभयो ।
पर्याप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो । उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताउनुभयो । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर बनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ । उहाँका अनुसार अब वडा नम्बर १ र २ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ ।
उपमहानगरले वडा नम्वर १, २ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोतबाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]