– शालिग्राम पाण्डे प्रधानन्यायाधीशज्यू, न्यायालयको सुधारका लागि जनताले तपाईबाट धेरै अपेक्षा गरेका थिए । प्रधानन्यायाधीशहरूको पाँच बर्से कार्यकाल यसअघि विरलै न्यायाधीशहरूको हुने गर्दथ्यो । तपाईको कार्याकाल पूरा पाँच वर्षको छ । तर यस अवधिमा न्यायालयभित्र मौलाएको विकृति–विसङ्गतिलाई हटाउन ध्यान नगएको हो वा ध्यान दिएर पनि नसकेको हो भन्न सकिएन । केही महिना अघिमात्र सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले पेस गर्नुभएको प्रतिवेदनमा न्यायालयको सुधारका लागि नगरी नहुने केही महत्त्वपूर्ण कुरा आएका छन् । कम्तीमा प्रधानन्यायाधीशज्यूबाट ती विषयलाई न्यूनतम रूपमा केलाएर हेरी सुधार गर्ने प्रय