नेकपा सुनसरीद्वारा जिल्लावासीलाई सचेत रहन आग्रह

  • भदौ ४, २०७७ / "नेपाल रेखा"
alt

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुनसरीले जिल्लावासीलाई कोरोना भाईरस (कोविड–१९) को महामारीबाट सचेत रहन आग्रह गरेको छ ।
पार्टी जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु) सचिव रमेशकुमार बस्नेतले विहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लावासीलाई सचेत र सतर्क रहदै स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका हुन् ।
जिल्लावासीलाई सकेसम्म घर बाहिर ननिस्कन विज्ञप्तिमा भनिएको छ । अति आवश्यक भएर घर बाहिर निस्कनु परेमा स्वास्थ्य मापदण्ड अपनाउन भनिएको छ । माक्स, सेनिटाइजर प्रयोग गर्न पनि सो पार्टीले आग्रह गरेको छ । सावुन पानीले नियमित हात धुन पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
साथै आफ्नो घर, छिमेट, टोलमा कोही संक्रमित भइहालेमा दुव्र्यवहार र विभेद नगर्न विज्ञप्तिमा भनिएको छ । बरु त्यस्ता व्यक्तिलाई सकेको सहयोग गर्नु पर्ने अध्यक्ष मण्डलले बताएका छन् ।
साथै कोरोना भाइरस संक्रमणबाट बच्न स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले गरेका प्रयासलाई सहयोग र कार्यान्वयन गर्नसमेत सुनसरीवासी तप्पर रहनु पर्ने अध्यक्ष मण्डलको भनाइ छ ।
नेकपा सुनसरीले कोरोना भाइरसबाट वुधवार मृत्यु भएकी धरानकी महिलाप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

मेची भन्सारद्वारा दश ...

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१&nda ...

सप्तकाेसीमा जलयात्रा ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्रसिद ...

सुनको मूल्य तोलामा प ...

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त् ...

वराहक्षेत्र मन्दिरमा ...

काेसी प्रदेशकै प्रसिद्ध तीर्थस्थल सुनसरीको वराहक्षेत्र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]