इटहरी । तेस्रो मुलकबाट उद्धार गरि शुक्रबार नेपाल ल्याइएका प्रदेश नम्वर १ का ५० जना मध्ये ४१ जनालाई नेपाली सेनाको व्यवस्थापनमा प्रदेस नम्बर १ ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाले सुनसरीको चतरामा रहेको होल्डिङ सेन्टरमा ल्याएको हो । संयुक्त अबर इमिरेट्स (युएई) र म्यानमारबाट उद्धार गरी ल्याइएकाहरु मध्ये प्रदेश नम्बर १ का ५० जना रहेका थिए । जस मध्ये ४१ जनालाई नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंदेखि सुनसरीको चतरामा स्थापना गरिएको होल्डिङ सेन्टरसम्म ल्याएर सम्वन्धीत जिल्लासंग समन्वय गरी नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीले पठाउने कार्य शुरु गरेको हो ।शुक्रबार नेपाल सरकारले उद्धार गरी ल्याएकामध
इटहरी । इटहरी वडा नम्वर १४ र १५ का जनताका लागि खानेपानी आयोजनाको शिल्यान्यास भएपछि स्थानीय खुशि भएका छन् । शुक्रबार विहान इटहरी १४ प्रगति चौकमा इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले आयोजनाको शिल्यान्यास गर्नुभयो । टयुवेलवाटै खानेपानी उपभोग गर्दै आएका सो क्षेत्रका जनताको शुद्ध खानेपानी उपभोग गर्न पाउने सपना पूरा हुने भएको भन्दै हर्षित भएका हुन् । सो आयोजनावाट दुईवडाका करिव १५ हजार वासिन्दाले शुद्धखानेपानी खान पाउने मेयर चौधरीले बताउनुभयो । पहिलो चरणमा ट्याँकी निर्माण गरेर दोश्रो चरणमा पानी सप्लाईको काम अघि बढ्ने छ । इटहरी उपमहानगरको माग र पहलमा संघीय खानेपानी मन्त्रालयको
विराटनगर । प्रदेश नम्बर १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भइ अपराह्न घर फर्केका सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो । निको भइ घर फर्केनेको सङ्ख्या ७८ पुगेको छ । विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ रहेका छन् । विराटनगरबाट घर फर्केने पूर्व सङ्क्रमित गत वैशाख ५ देखि जेठ ९ गतेसम्म उपचारका लागि केन्द्रमा भर्ना भएका थिए । गत वैशाख ५ गते केन्द्रमा भर्ना भएका विराटनगर–१७ का ५७ वर्षीय कासिम
काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा स्वदेश फर्कने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने भएको छ । सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० आवागमनस्थल (नाका) तथा हवाईमार्गबाट स्वदेश फर्कने नागरिकलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टिनस्थल तथा ‘होल्डिङ सेन्टर’ मा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसका लागि कम्पनीले हाललाई एक लाख सिमकार्डको व्यवस्था गरेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमत
इटहरी । इटहरीका दलित अधिकारकर्मी साथै सामाजिक अभियन्ताहरुले रुकुम हत्याकाण्डमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । वुधबार साँझ अधिकारकर्मी तथा अभियन्ताहरुले इटहरी चोकमा श्रद्धाञ्जली सभा गर्नुका साथै दीप प्रज्वलन गरी उनीहरुप्रति श्रद्धाञ्जली दिए । यही जेठ १० गते जाजरकोटबाट आफ्नी प्रेमिका भेट्न रुकुम पुगेका नवराज विक र उनका साथीहरुलाई गाउँलेले आक्रमण गरी हत्या गरेका थिए । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्
इटहरी । इटहरी उपमहानगरमा लकडाउनलाई प्रभावकारी ढंगले पालना गर्दै जनजीवनलाई पनि सहज बनाइदै लाने निर्णय गरिएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको वैठकले शैक्षिक सँस्थाहरु र तोकिएका ब्यापार ब्यवसाय बाहेक अन्य ब्यापार ब्यवसाय विहान १० सम्म खुल्ला गर्ने निर्णय गरिएको छ । लकडाउन बन्दाबन्दीको समय लामो अवधि हुदै जाँदा ब्यापार ब्यवसाय ठप्प भएको हुँदा दैनिक जनजीवन कष्टकर हुदै गएको अवस्थालाई मध्यनजर गर्दै जनप्रतिनिधि, उद्योग वाणिज्य संघ र प्रहरी प्रशासन सहभागि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लकडाउनका बेला खोल्न नपाइने तोकेर अन्य ब्यापार ब्यवसाय प्रतिष्ठान विहान १० वजे सम्म खोल्ने नि
बेलबारीं । भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहको प्रसंगलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन तथा दोषीलाई कारवाहीको माग गर्दै दलित वर्ग उत्थान समिति बेलवारीले मोरङको बेलबारी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।लकडाउनको समयमा समेत दलित वर्ग उत्थान समिति बेलबारीले सो घटनामा संलग्न दोषीहरुलाई कारवाही र पीडित परिवारलाई न्याय दिलाउन माग सहितको ज्ञापन पत्र बुझाएको हो ।दलित वर्ग उत्थान समिति बेलबारीका अध्यक्ष हरिबहादुर विश्वकर्मा र सचिव शान्तकुमार सुनारको हस्ताक्षर
विराटनगर । कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले नेपालको प्रदेश नम्बर १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले सोमबार यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताउनुभयो । तिब्बत सरकारबा
झुम्का । बराहक्षेत्र वडा नम्बर ५ नयाँ टोलमा रहेको ग्रामथानको भवन सोमबार शिलान्यास गरिएको छ ।सो भवन पाँच लाख रुपैया बजेटमा निर्माण कार्य शुरु गरिएको हो । सोमबार एक कार्यक्रम प्रदेश १ ख सभासद भीम आचार्यले निर्माण गरिने थानको भवन शिलान्यास गर्नु भयो । सो अवसरमा उहाँले मठ, मन्दिर ग्राम थान राष्ट्रको सम्पती रहेकोले यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनु भयो ।उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बिकास कोषको पाँच लाख रुपैयाँ बजेट र स्थानीयको सहयोगमा ग्रामाथान निर्माण शुरु भएको निर्माण मन्दिर निर्माण समितिका अध्यक्ष अधिकलाल चौधरीले जानकारी दिए । कार्यक्रममा बराहक्षेत्र नगरपालिका प्रमुख निलम
इटहरी । कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्ने नीति अनुसारको बजेट बिनियोजन नभएको सांसद रामकुमारी चौधरीले बताइन् । पूर्व कृषि राज्यमन्त्रीसमेत रहेकी संसद रामकुमारी चौधरीले प्रतिनिधि सभा बैठकमा आ.ब. २०७७÷०७८ को बजेट छलफलमा बोल्दै आगामी बर्ष दुध, तरकारी र मासुजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर हुने गरी लक्षित कार्यक्रम सञ्चालन गर्ने भनिएता पनि बजेट बिनियोजनमा भने धेरै कन्जुस्याईं गरिएको उनको भनाइ छ । ‘११ अर्ब छुट्याएको रासायनिक मलमा नेपाल पूर्ण रूपमा परनिर्भर भए पनि प्राङ्गारिक मलमा पर्याप्त सम्भावना छ तर, त्यसमा कार्यक्रम र बजेटको व्यवस्था नहु