पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना लिइने

  • जेठ २६, २०७७ / "नेपाल रेखा"
alt

विराटनगर । मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उहाँले संक्रमित भर्ना हुनुअघि अनलाइनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरिको व्यवस्थापन मिलाइएको मन्त्री घिमिरेले बताउनुभयो ।

अनलाइन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाईन भर्नाको व्यवस्थापन गर्ने भएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिईएको छ ।

सुन्दहरैचामा संक्रमितको उपचार शुरु भएपछि सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाई लगायतले अनुगमन गर्नुभएको छ । मन्त्री घिमिरेले पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सिङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर, अस्पताल प्रशासन प्रमुखसँग छलफल गर्नुभएको छ ।

छलफलमा अस्पतालमा तत्काल आवस्यक देखिएका समस्याहरु भित्रमा समाधान गरिने निर्णय भएको छ ।

शुक्रबार देखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा सम्म ५२ जना उपचाररत रहेका छन् । उपचार केन्द्रमा अहिले ७४ वेड तयार गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिनुभएको छ । ५१ वेड थपिएपछि सुन्दरहरैचामा १ सय २५ वेड तयार हुने छ ।

संक्रमितको उपचारमा पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । सामाजिक विकास मन्त्रालयले समग्र व्यवस्थापकीय र चिकित्सकीय कामका लागि मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने भएको छ । मन्त्रालयले अस्पतालमा २४ सै घण्टाका लागि एउटा एम्वुलेन्सको पनि प्रवन्ध गर्ने भएको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]