कोरोनाबाट बेरोजगार भएकाहरुको तथ्यांक संकलन गरिदै

  • जेठ २७, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कोविड १९ का कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरिएको छ ।

कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो ।

तथ्यांक संकलन गर्ने कामको मंगलबार मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभयो । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । तथ्यांक फारम जततउकस्ररजभउिष्लिभ।उज्ञ।नयख।लउ मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ ।

फारमले आफ्ना नागरिकहरुको सिपलाई परिचालन गरिने मुख्यमन्त्री शेरधन राईले बताउनुभयो । विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको सीप, ज्ञानलाई प्रदेशको विकासमा लगाउन तथ्यांक संकलन थालेको उहाँको भनाइ छ । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने सरकारको अपेक्षा छ ।

तथ्यांक संकलनले विषयगत क्षेत्र पत्ता लगाउँदै युवाहरुलाई रोजगारी उपलब्ध गराउन सहज हुने प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले बताउनुभयो । तथ्यांक संकलनका आधारमा संरचना एवं कार्यविधि बनाएर अगाडि बढ्नुका साथै जिल्ला समन्वय समितिमा डेस्क बनाउने तयारी छ ।

यो अनलाइन तथ्यांक फारममा व्यक्तिगत विवरण, योग्यता, ठेगाना, विदेशमा कार्यरत ठेगाना लगायत केही प्रश्नावलीसमेत राखिएको छ ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]