इटहरी । रानी-धरान छ लेन सडक परियोजनाले इटहरी गोलचौकमा सडक मर्मत गरेको छ ।
चौकहुदै चल्ने यातायातका साधनहरुलाई वाइपास गरेर सडक मर्मत गरेको हो । सडक मर्मत गरेकोमा इटहरी उपमहानगरले सडक परियोजनालाई धन्यवाद दिएको छ । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम, इटहरी वडा नम्वर ६ का वडाध्यक्ष दीपक गौतम, उपमहानगरका इन्जिनियर अरुण राजभक्तलवटले सडक मर्मत कार्यको नीरिक्षण गर्नुभयो ।
रानी धरान ६ लेन सडक परियोजनाका इन्जिनियर उपेन्द्र दासले सडक मर्मत सकेर बुधबार देखि चौकवाट नै यातायातका साधन चल्ने वताउनुभयो ।
उपमहानगर, उद्योग वाणिज्य संघ र प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको पहलमा मर्मत गरिएको उहाँले वताउनुभयो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाको तर्फवाट मर्मतका लागि लिखित पत्र नै पठाएको वताउनुभयो ।