कोरोना संक्रमण न्यूनीकरण गर्न सुरक्षित हात धुने स्थान

  • जेठ २५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । हाल विश्व कोभिड–१९ कोरना भाईरस संक्रमणका कारण भयावह स्थितिमा गुज्रिरहेको छ भने नेपाल पनि उक्त भाईरसबाट अछुत रहेको छैन । सो भाईरस संक्रमणलाई कम गर्नका लागि प्लान ईन्टरनेशनल नेपाल र सामुदायिक समाज उत्थान केन्द्र ( CSDC) सुनसरीको सहकार्यमा संचालित लैङ्गिक रुपान्तरित खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परियोजना अन्र्तगत सुनसरी जिल्लाका विभिन्न पालिकाहरु, वडाहरु, स्वास्थ्य कार्यालय तथा क्वारेन्टाईनहरु लगाएत ४९ स्थानहरुमा हातले नछोईकन खुट्टाको सहयोगले धारा खोली हात धुन सक्ने स्थान निर्माणमा सहयोग गर्ने योजना रहेकोे छ ।
हाल ६ स्थानहरु–रामधुनी न.पा. वडा नंं. ८ को वडा कार्यालय, ईनरुवा न.पा. वडा नं. ८को वडा कार्यालय, बराहक्षेत्र न.पा. को कार्यालय, गढी गा.पा.को कार्यालय र गढी गा.पा.को २ वडामा अवस्थित क्वारेन्टाईनमा उक्त हात धुने स्थानको निर्माण गरि संचालनमा रहेको छ । उक्त हातले नछोईकन खुट्टाको सहयोगले धारा खोली हात धुन सक्ने प्रविधी धेरै उपयोगी र सुरक्षित रहेको स्थानिय सरोकारवाला निकायका प्रतिनिधीहरुले बताएका छन् भने अन्य थप सार्वजनिक स्थानहरुमा पनि सहयोगको माग आएको छ ।

इटहरीमा ‘माया जालैमा ...

इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यक ...

धान गोड्दै किसान ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा धान गोड्दै किसान । ...

जलगैँडा ...

ललितपुर महानगरपालिका–४, जावलाखेलस्थित स ...

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]