रेलमार्गको जग्गा अधिग्रहण प्रक्रिया शुरु

  • जेठ २७, २०७७ / "नेपाल रेखा"
alt

भद्रपुर । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरङ र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो ।

सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले जग्गाधनी प्रमाणपूर्जा, मालपोत तिरेको रसिद र नागरिकताको प्रमाणपत्रसहित हकदाबीका लागि निवेदन दिन सूचनामार्फत सर्वसाधारणलाई जानकारी दिइएको बताउनुभयो ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]