एसइई परीक्षा नगर्ने निर्णय

  • जेठ २९, २०७७ / "नेपाल रेखा"
alt

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयतानुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाको विषय दीर्घकालीन रूपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरेर कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसके तापनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थगन भएको थियो ।

मन्त्री पोखरेलले हाल देशभरका शिक्षण संस्था बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको सङ्क्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेका सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले बुधबार सो निर्णय गरेको जानकारी दिनुभयो ।

मेची भन्सारद्वारा दश ...

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१&nda ...

सप्तकाेसीमा जलयात्रा ...

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित प्रसिद ...

सुनको मूल्य तोलामा प ...

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त् ...

वराहक्षेत्र मन्दिरमा ...

काेसी प्रदेशकै प्रसिद्ध तीर्थस्थल सुनसरीको वराहक्षेत्र ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]