विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सातजना प्राध्यापकलाई बिहीवार सम्मानित गरिएको छ। सम्मानित हुनेहरुमा डा. शिवचन्द्र चौधरी, मोहनकुमार श्रेष्ठ, रामकुमार थापा, डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा. जनकनाथ सापकोटा र जयकुमार महतो रहेका छन् ।दुई दशक भन्दा वढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेको उनीहरुलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा स्वागत एवं सम्मान गरिएको हो । सम्मानित डा चौधरी, व्यवस्थाप विज्ञान श्रेष्ठ व्यवस्थापन थापा वजारशास्त्र डा. सुवेदी वित्तशास्त्र संग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपिए अनुसन्धा
विराटनगर । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिए । महानगर परिसरमा सञ्चालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले यस्तो आह्वान गरेका हुन् । “सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्नु जरुरी छ,” मेयर कोइरालाले भने, “त्यसका लागि औषधि खान मिल्ने सबै उमेर समूहका व्यक्तिहरूलाई खान अपिल गर्दछु ।” औषधि सेवनले मात्रै हात्तीपाइले रोग निवारण गर्न स
विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीको कामलाई थप प्रभावकारी बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको छ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ । महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरे । विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयु
विराटनगर । उपभोक्ता जागरण अभियान नेपालको आयोजनामा सोमबारदेखि विराटनगरमा उपभोक्ता सचेतनासम्बन्धी प्रशिक्षणमूलक कार्यक्रम सुरु भएको छ ।विराटनगर महानगरपालिकाको सहयोगमा जागरण नेपालले उपभोक्तालाई जागरुक बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राष्ट्रपतिदेखि सामान्य नागरिक पनि उपभोक्ता भएको बताए । हरेक उपभोक्ता जागरुक र सचेत हुनु आवश्यक रहेको उनको भनाइ थियो । हरेक कुरा राज्यले गरिदिओस् भन्ने सोच गलत भएको मेयर कोइरालाले बताए ।त्यस्तै कार
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरको विकासमा युवा सहभागितालगायतका विषयमा विकल्प–एन अल्टरनेटिभमा आबद्ध युवाहरुसित छलफल गरेका छन् ।सो अवसरमा मेयर कोइरालाले विराटनगरमा जारी सरसफाई अभियान, फुटपाथ नियन्त्रण, कर संकलन, डुबान र सुकुम्बासी समस्याका समाधानका लागि भइरहेका पहल, महानगर आफैंले बनाउन लागेका ठूला परियोजनालगायतका विषयमा जानकारी गराएका थिए । उनले युवाहरुलाई विराटनगरको विकासमा आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे। अहिलेको समाज नकारात्मक सोचबाट ग्रसित भएको बताउँदै मेयर कोइरालाले सकारात्मक सोचका साथ देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए। युवाहरुको विदेश पलायन
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ । सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिएको हो । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले आगामी शैत्रिक सत्रदेखि जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेको अध्यक्ष शुक्र चुमानले बताए । गाउँपालिकामा ३२ जनप्रतिनिधि छन् । आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय पाँच सय विद्यार्थी अध्ययनरत छन् । “सामुदायिक विद
इटहरी । उपन्यासकार लीलबहादुर क्षत्री र सामाजिक अभियन्ता गिता गौतम सम्मानित हुने भएका छन् । इटहरी साहित्यिक समूहको आयोजना र धरणीधर स्मृति प्रतिष्ठानले क्षत्री र गौतमलाई फागुन ५ गते सम्मान एवम् पुरस्कृत गर्ने तयारी भएको वुधवार इटहरीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा इटहरी साहित्यिक समूहका संस्थापक अध्यक्ष स्व. धरणीधर दाहालको ९६ औं जन्मजयन्तीको स्मृतिमा क्षत्री र गौतमलाई सम्मान एवम् पुरस्कृत गर्न लागिएको समूहका सचिव जगदिश सापकोटाले जानकारी दिए । क्षत्री साहित्यका विभिन्न विधामा कलम चलाउने व्यक्तित्व हुन् । क्षत्रीले दियालो, भानु र साहित्य अकादमी पुरस्कार साथै भार
फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङ्गोलामा केन्द्रबिन्दु बनाएर आज विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः३० बजे ताप्लेजुङको लेलेप र ओलाङ्चुङ्गोला आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । ओलाङचुङ्गोलामा भने कुनै क्षति नभएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाले जानकारी दिए । ओलाङचुङ्गोलाई केन्द्रबिन्दु बनाएर २०७७ साल माघ २७ गते पनि ५.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरिएको छ ।महानगरले आइतबारदेखि वडा नम्बर १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर सुरु गरेको हो । स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराए । “महानगरवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौं,” कोइरालाले भने, “महानगरले तपाईंहरूकै घरआँगनमा आएर स्
कुमोद अधिकारी विराटनगर । लामो समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. अभिनारायण घिमिरे र उनकी श्रीमतीको नाममा प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठानमार्फत समाजसेवा गर्ने उद्देश्यले डा. अभिनारायण सुशीला घिमिरे फाउण्डेशन स्थापना गरिएको हो ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फाउण्डेशनको सार्वजनिक गरिएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, ज्येष्ठ नागरिकको सुरक्षाका लागि ज्येष्ठ नागरिक आवासगृह निर्माण तथा सञ्चालन, रोजगारीमूलक शिक्षा तथा सीप विकास एवं व्यावसायिक अवसर प्रदान गर्ने, स्वास्थ्य, सरसफाई, पोषण तथा वाताव