सामाजिक काममा नेशनल लाइफ

  • फागुन १२, २०७९ / नेपाल रेखा
alt

इटहरी । नेशनल लाईफ इन्सुरेन्सले आप्mनो ३६ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । इन्सुरेन्सको कार्यालय इटहरीले निःसहाय बालबालिका सेवा आश्रम इटहरीका नानीहरुलाई १ छाक खाना खुवाएको छ । वार्षिक उत्सव कार्यक्रममा इन्सुरेन्स कम्पनिले निःसहाय वालबालिका सेवा आश्रमका नानीहरुका साथमा केक काटेर रमाइलो गरेको थियो । इन्सुरेन्सका कर्मचारीहरु निःसहाय बालबालिका सेवा आश्रममा गएर केक काटिएको र खानाको व्यवस्था मिलाइएको थियो । सो अवसरमा आश्रमका संस्थापक अध्यक्ष गिता गौतमले आश्रमको स्थापनाका बारेमा जानकारी गराउनु भएको थियो भने इन्सुरेन्सका १ नं. प्रदेश प्रमुख नरेन्द्र राईले इन्सुरेन्सले मानवीय क्षेत्रमा गरेका विभिन्न सहयोगका बारेमा प्रष्ट्याउनु भएको थियो ।
इन्सुरेन्स कम्पनिका प्रदेश प्रमुख राईले दिनु भएको जानकारी अनुसार उदयपुरको गाईघाट कार्यालयले जिल्ला अस्पताल उदयपुरका विरामीलाई फलफुल वितरण गरेको थियो । धरान कार्यालय र धनकुटा कार्यालयले संयुक्त रुपमा विश्रान्ती मन्दिर बृद्धा आश्रममा एक छाक खाना खुवाएको थियो भने विराटनगर कार्यालयले मानव आश्रममा खाना खुवाएको थियो । त्यसै गरी दमक कार्यालयले हाम्रो बाल आश्रममा, विर्तामोड कार्यालयले परोपकार तथा अनुसन्धान केन्द्रमा, ताप्लेजुङ कार्यालयले अपाङ्ग बालबालिका आवास गृह र कटारी कार्यालयले कमला रोज बालगृहमा एक छाक खाना खुवाएको थियो ।
इन्सुरेन्स इटहरी कार्यालय र बिराटनगर कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेकामा इहटरीमा ४१ पिण्ट र बिराटानगरमा १५ पिण्ट रगत संकलन भएको थियो ।

gita gautam

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]