विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा स्थानीयको साथ

  • फागुन २२, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।
सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हटाउने अभियान सञ्चालन गरिरहेको छ । साथै सार्वजनिक जग्गा मिचेर बनाएका घर र टहरासमेत महानगरले हटाउने अभियानलाई जारी राखेको छ ।
विराटनगर–७ स्थित हाटखोला चोकदेखि सिंघिया पुलसम्मको संरचना हटाउन तीनवटा डोजरसहित महानगरको टोली पुगेको थियो । महानगरको टोली पुग्दा स्थानीय बिहानैदेखि सडक मापदण्डमा परेका टहरासहितका संरचना हटाइरहेका थिए । त्यसपछि महानगरको टोलीले आरोहण गुरुकुलको अगाडि संरचना हटाएको थियो । सो क्रममा स्थानीयले महानगरको अभियानमा साथ दिन तयार रहेको बताएका थिए । महानगरले सबैलाई समान व्यवहार गरे अभियानमा सदैव साथ रहने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए । विराटनगरलाई सफा, सुन्दर, हराभरा, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानमा साथ दिन मेयर नागेश कोइरालाले आग्रह गर्दै आएका छन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]