हिमालमा जलवायुको असरबारे स्याङ्बोचेमा अन्तक्र्रिया हुने

  • फागुन १९, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वाेच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तक्र्रिया गरिने भएको छ ।
यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी, बेकर्सडेन, सम्बन्धित स्थानीय तहलगायत सङ्घसंस्था र निकायको सहयोग एवं सहकार्य रहने बताइएको छ ।
जलवायु परिवर्तन र वातावरणका क्षेत्रका कार्यरत साथसाथै गत वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवसकै अवसरमा सगरमाथाको कालापत्थरमा एक कार्यक्रम गरी ‘कालापत्थर घोषणापत्र’ जारी गरेको थियो । ‘कालापत्थर घोषणापत्र’ पछि सो क्षेत्र आसपास बर्सेनि कार्यक्रम गर्ने योजनाअनुसार यो कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभा सदस्य एवं पूर्वमन्त्री डा. विमला राई पौड्याल, युएई राजदूतावासका प्रतिनिधि, विज्ञलगायतको सहभागिता रहने उनले बताइन् ।
“कार्यक्रममार्फत हामी जलवायु परिवर्तनसम्बन्धी आगामी वर्ष युएईको दुबईमा हुने अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) मा नेपालले पर्वतीय मुद्दामा नेतृत्वका साथ यस क्षेत्रका समस्या उजागर गरोस् भनी सम्बन्धित निकायलाई दबाब दिन चाहन्छौँ”,उनले भनिन् । फागुन २४ गते जलवायुका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी विज्ञको समुपस्थितिमा सगरमाथाको स्याङ्बोचेमा जलवायु न्यायका लागि विशेष अन्तक्र्रिया गरिने, फागुन २५ गते सगरमाथाकै नाम्चेमा जलवायुले महिलाको जनजीवनमा पारेको असरका विषयमा अर्काे सेमिनार आयोजना गरिने अध्यक्ष कार्कीले बताइन् ।
हिमाली जनजीवन विशेष गरी महिलालाई जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग खोज्न पहल गर्ने, हिमालय र तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीमा विश्वव्यापी ध्यान आकर्षित गराउने, विश्व तापमान वृद्धिले हिमाल पग्लने क्रम बढेको चिन्ताबारे ध्यानाकर्षण गराउने कार्यक्रमको उद्देश्य छ ।
यसैगरी सो संस्थाले आगामी चैत ३ गते ‘जलवायु परिवर्तनको गाम्भियर्ता र जलवायु न्याय’ शीर्षकमा काठमाडौँमा राष्ट्रियस्तरको बृहत् अन्तक्र्रिया गर्ने जनाएको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]