नगर बस संचालन गर्दै विराटनगर महानगर

  • फागुन १९, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल)गरिएको छ ।
महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । बिहीबार दुईवटा बसबाट महानगरका विभिन्न रुटमा परीक्षण गरिएको थियो । कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको उनको भनाइ थियो । “कुन–कुन रुटमा कति साइज र क्षमताको बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिन हामीले रुट ट्रायल गरेका हौं,” कार्कीले भनिन्, “ट्रायल सकिएपछि दुई–तीन महिनाभित्रै हामी नगर बस सञ्चालनमा ल्याउनेछौं ।”
ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन् । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्यबाहक मेयर कार्कीले जानकारी गराइन् । बस वातानुकुलित सुविधासहितको हुने महानगरले जनाएको छ । महानगरले मिलन चोक, ढाट, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ । सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको कार्कीले बताइन् । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । नगर बस सञ्चालनका लागि मेयर नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ । कार्यबाहक मेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत कोइराला, महानगरका अधिकृत पुनम दाहाल, महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित कर्मचारी र नगर प्रहरी दुईवटा बसमा चढेर रुट परीक्षण गरका थिए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]