विराटनगरमा सडक मापदण्डमा परेका संरचना हटाउने अभियान तीव्र सडक मापदण्डमा परेका संरचना हटाउँदा स्थानीय हर्षित

  • फागुन २०, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो । सडक मापदण्डमा परेका संरचना हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले प्रस्ट पारे । संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकहरुको विस्तार अलपत्र परेको थियो । केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ । स्थानीय विनोद रिजालको स्वामित्वमा रहेको गोदाम घर, पर्खाल तथा वडा नम्बर १ को कार्यालयको पर्खाल, खानेपानी कार्यालयलगायतका संरचना हटाएको छ ।
नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले वडा सदस्य मोहनकर्ण कार्कीको उपस्थितिमा घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर लगाएको हो । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा कसैसित पनि सम्झौता नहुने महानगरका मेयर नागेश कोइरालाले बताउँदै आएका छन् । उनले सडक मापदण्डमा परेका संरचना हटाएर विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीसित आग्रहसमेत गरेका छन् । “विराटनगरलाई अब यथास्थितिमा राख्न सकिँदैन,” कोइरालाले भने, “विश्वका जुनसुकै विकसित र आधुनिक सहर भत्काएर बनाएका हुन् ।”
यस्तै महानगरको टोलीले हाटखोला चोकदेखि पुलसम्मको सडक मापदण्डमा परेका संरचनासहित आसपासका टहरासमेत हटाएको छ । महानगरको सौन्दर्यतामा ह्रास आउने गरी निर्माण गरिएका हटरा हटाउन पटक–पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगर आफैंले हटाउनु परेको सरसफाई शाखा प्रमुख पुनम दाहालले बताए । उनले महानगरलाई सफा बनाउन आफ्नो टोली लागिपरेको सुनाए । सरसफाई र महानगरको सुन्दरताप्रति स्थानीयसमेत जागरुक भएको दाहालको भनाइ छ ।सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरिएका सबै झुप्राहरु हटाउने महानगरको योजना छ ।
यसैबीच, विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउँदा स्थानीयले ताली बजाएर महानगरको समर्थन गरेका छन् । महानगरले विराटनगरलाई सफा र सुन्दर बनाउने अभियान सञ्चालन गरेकोप्रति स्थानीयसमेत खुसी देखिएका छन् । “एक–दुईजना व्यक्तिका कारण सिंगो समाजलाई नै समस्या भएको थियो,” स्थानीय हेमन्त बस्नेतले भने, “तर महानगरले जुन आँट गरेर वर्षौंदेखि भत्काउन नसकेका संरचना भत्काएको छ । यो कार्य अत्यन्तै राम्रो हो । यसमा महानगरलाई विराटनगरवासी सबैले साथ दिनुपर्छ ।” बस्नेतले महानगरको अभियानलाई १९ वटै वडामा सञ्चालन गर्नुपर्नेमा जोड दिए । महानगरले डोजर चलाएर सडक मापदण्डमा परेका संरचना हटाउँदा हाटखोलामा भेटिएका प्रकाश कार्कीले त ताली नै बजाए । उनले भने, “अब चाहिं विराटनगर बल्ल महानगरजस्तो हुने भयो ।”

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]