महिलालाई प्याड बनाउने तालिम

  • फागुन १५, २०७९ / नेपाल रेखा
alt

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर–४ को आयोजनामा महिलाहरुलाई सेनेटरी प्याड बनाउने ४ दिने तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा महिलाहरुलाई अत्ति आवश्यक पर्ने सेनेटरी प्याड रेडिमेट प्रयोग कम गराउने साथै, घरेलु उत्पादनलाई प्रोत्सान गर्ने उद्देश्यले सुन्दरहरैंचा वडा नम्बर–४ का विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरुलाई आफैंले उत्पादन गरेर आफै प्रयोग गर्न सकिने र ब्यवसायमा आत्मनिर्भर बन्नका लागि तालिम प्रदान गरिएको हो ।
त्यस्तै, कार्यक्रममा स्वरोजगार टे«निङ सेन्टरको प्रविधिक सहयोगमा संचालन गरेको तालिममा प्रशिक्षक रमा नेपालले तालिमको सहजिकरण गरेकी थिइन् ।
उक्त तालिम समापन कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेतले विभिन्न तालिममा सहभागि भएर सिप सिकिरहदा बहु उपयोग, व्यवहारिक रुपमा कार्यन्वयन होस र व्यवहारिक सिपलाई आफुले विस्तार गरेर ब्यवसाय तर्फ जोड दिन पनि अग्रह गरे ।
तालिममा विभिन्न टोल विकासमा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेको समापनको कार्यक्रममा तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारीले जानकारी दिए ।
सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य दुर्गा गुरागाँइको अध्यक्षता रहेको कार्यक्रममा वडा सचिव अनिल पोखे्रल लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]