खलङ्गा । कोभिड–१९ को बन्दाबन्दिको कारण लामो समय सम्म विद्यायलहरुमा पठनपाठन गराउन सम्भव नभएपछि जुम्लाको चन्दननाथ नगरपालीकाले सोमवार देखी स्थानिय सामुदायीक रेडियो मार्फत जिल्लामा कक्षा सञ्चालन सुरु गरेको छ ।बन्दाबन्दिले लामो समय देखी विद्यालयका पठनपाठन प्रभाबित हुनथालेपछि स्थानिय सामुदायिक रेडियोबाट पढाउन शुरु गरिएको नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपानेले बताउनु भएको छ । सवै स्थानियतहमा कुल १७० सामुदायीक विद्यालयहरु रहेको जुम्ला जिल्लामा चन्दननाथ नगरपालिकाले कक्षा ४ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुका लागी रेडीया कक्षा सञ्चालनमा ल्याएको हो । सामुदायिक रेडियो कर्णाली एफएम, रेडियो नार
इटहरी । इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कमतौल र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुमा गरेको बजार अनुगमनका क्रममा त्यस्तो पाइएको हो । उपप्रमुख गौतमका अनुसार पोका पोका बनाएर राखेका खाद्य सामाग्री जोखेर हेर्दा तौलमा कमि पाइएको हो । त्यस्तो समान विक्री वितरण नगर्न चेतावनी दिइएको पुनः विक्री गरेको पाइए कारवाही गरिने उहाँले बताउनुभयो । केही दिन यता देखि इटहरी क्षेत्रमा विहान ७ बजे देखि १० बजेसम्म पसल खोल्न थालिएको छ । इटहरी उपमहानगरले निरन्तर बजार अनुगमन गर्दै आएको छ । अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।
इटहरी । इटहरी उपमहानगरमा लकडाउनकै विच वजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी सुरु गरिएको छ । यसैक्रममा उपमहानगरले बिभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल अघि बढाएको छ । महाशाखा तथा शाखा प्रमुखहरुसँग चालु आर्थिक बर्षमा भएको प्रगतिका बारेमा समीक्षा गरिएको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताउनुभयो । छलफलमा महाशाखा तथा शाखा प्रमुखहरुले अहिले सम्म के के भए के के वाँकी छ अब के के गर्न सकिन्छ भन्ने बारेमा र वजेट कार्यान्वयनको अवस्था प्रस्तुत गरेका छन् । वैशाख ३१ गते कार्यपालिकाको बैठक बसेर बाँकी अवधिमा कसरी प्रभावकारी ढंगले वजेट कार्यान्वयन गर्दै विकास निर्माणलाई अघि वढाउन सकिन्छ भन्ने
विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ थप दुईजना बिरामी आज साँझ (आइतबार) निको भई घर फर्केका छन् । घर फर्केनेमा भोजपुर जिल्ला हतुवागढीका–६ का २६ वर्षीय उपेन्द्र राई र झापा बाह्रदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् । यसअघि केन्द्रबाट गत सङ्क्रमितहरू वैशाख २४ गते ६ र वैशाख २६ गते आठजना निको भई घर फर्किसकेका छन् । घर फर्कने राई गत वैशाख १३ र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरूको पछिल्लो दुईपटक गरिएको थ्रोट स्वाब (पिसिआर) परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले बताउनुभयो
लहान । गोलबजार नगरपालिकाको अनुगमन टोलीले नियमविपरीत सञ्चालन गरेको भन्दै एक राइस मिलको गोदाम सिल गरेको छ । गोलबजार नगर उपप्रमुख रेशम थापाको नेतृत्वको सर्पपक्षीय बजार अनुगमन टोलीले पसलको स्वीकृति लिएर राइस मिल सञ्चालन गरेको भन्दै गोलबजार नगरपालिकास्थित शिवनाथ साहको राइस मिलको गोदाम सिल गरेको हो । राइस मिलले कुटानी पिसानीको स्वीकृति लिएर पिठो प्याकिङ गरी बिक्री गर्ने गरेको, प्याकिङमा मूुल्य उल्लेख नभएको, उत्पादन मिति र समाप्ती मिति उल्लेख नभएको पाइएपछि गोदाममा सिल गरिएको उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भरत अग्रवालले जानकारी दिनुभयो । यस्तै अनुगमन टोलीले गोलबजारमा सञ्चालित विभिन्न किराना पस
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । देशको अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल पश्चिमी भूभागहरूमा बदली भइ हावाहुरी, मेघगर्जन, चट्याङसहित केही स्थान
भोजपुर । भोजपुर जिल्लामा अहिलेसम्म ५ सय जनाको आरडिटी र २५ जनाको पिसिआर परीक्षण गरिएको छ ।जिल्लाको दक्षिणी क्षेत्र हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २६ बर्षिय युवामा कोरोना संक्रमण पोजेटिभ भेटिएपछि उनीसँगको सम्पर्कमा रहेका र बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिएको हो ।जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताए अनुसार बैदेशिक रोजगारीबाट आएका साथै बाहिरी जिल्लाबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण समेत भइरहेको छ । साथै अरुण गाउँपालिकामा रहेका ९८ जनाको पनि आरडिटी परीक्षण सकिएको छ । रिपोर्ट नेगेटिभ देखिएकाले उनीहरु सबैलाई आ–आफनो घर पठा
सर्लाही । लकडाउन अवधी लम्बिदै जाँदा सर्लाहीका उखु किसान थप पीडित बन्नु परेको छ । यहाँको धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटक–पटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको किसानको गुनासो छ । उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब रु ४० करोड भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई चिनी बिक्री वितरणमा रोकसमेत लगाएको उखु उत्पादक किसान मुकेश ठाकुरको भनाई छ । केही दिन पहिला उद्योगले किसानलाई थाहै नदिई गोप्यरूपमा गोदामबाट चिनी बाहिर लैजान खोज्दा स्थानीय किसानले चिनी लोड भएका चार ट्रक नियन्त्रणमा लिएको पनि ठ
इटहरी । लक डाउनलाई ब्यवस्थित गर्दै सरकारले गरेका निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न इटहरी उपमहानगरले सरोकारवाला सँग वैठक सम्पन्न गरेको छ । नगरप्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले संघीय सरकारले गरेका निर्णय प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । बजार अनुगमनलाई तिव्रता दिइने भएको छ । जनप्रतिनिधि, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाजको सहभागितामा वैठक भएको हो । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको थियो । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्य
काठमाडौँ । लकडाउनका समयमा तराईका नौ जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालयबाट २० हजार ४११ क्विन्टल चामल बिक्रीवितरण भएको छ । दुर्गम जिल्लामा मात्र बिक्री हुुँदै आएको कम्पनीको चामल लकडाउनका कारण तराइका जिल्लामा समेत बिक्री हुन थालेको कम्पनीले जनाएको छ । “तराइका जिल्लाहरूमा कम्पनीको खाद्यान्न बिक्री हुने गरेको थिएन, हामीले भण्डारण मात्र गरेर राख्ने गरेका थियौँ”, कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले भन्नुभयो, “तराईमा राखिएको भण्डारणबाट विभिन्न दुर्गम जिल्लाहरूमा खाद्यान्न पठाउने गरेका थियौँ तर लकडाउनको समयमा पर्याप्त मात्रामा खाद्य पदार्थको बिक्रीवितरण भएको