इटहरी । २७ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर इटहरी उपमहानगरले वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
इटहरी–१७ लविपुर चौक उत्तर वृक्षारोपण गरिएको हो । लविपुर विसमपुर अमाहा हुदै तरहरा जोडने सो सडकको दुवै छेउछाउ वृक्षारोपण गर्ने कार्यक्रम छ । संविधानसभाका सदस्यहरु धर्म निरौला, रेवतीरमण भण्डारी, नेकपाका केन्द्रीय सदस्य निर्मल बराल, प्रदेशसभासदस्यहरु सर्वध्वज साँवा, लिलम वस्नेत, इटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, नेकपा प्रदेश सदस्य तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशव विष्ट, नेकपा प्रदेश सदस्य चिरञ्जिवि भट्टराईले आँपका विरुवा रोप्नुभयो ।
यसैगरी, नेकपा जिल्ला नेताहरु याम सुब्वा, राजकुमार गिरी, सागर सुवेदी, नेकपा नगर अध्यक्ष बहादुर सिं तामाङ्ग, नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल, उपसभापति शिव दाहाल, इटहरी उपमहानगरका वडाध्यक्षहरु हर्क मगर, बालकृष्ण विष्ट, चन्द्र भट्टराई प्रकाश चौधरी, हेमानन्द दाहाल, भगवानलाल साह, श्रीनारायण चौधरी, वडासदस्यहरु, नेकपा नेता रेवती घिमिरे, टे«ड युनियन काँग्रेसका नेता ज्योती कोईराला लगायतले वृक्षारोपण गर्नुभयो ।
सामाजिक दुरी कायम गरेर आयोजित कार्यक्रममा उपस्थित भएर वृक्षारोपणमा सरिक हुने सवैलाई मेयर द्वारिकलाल चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो । इटहरी उपमहानगर वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार सो बाटोको दुवै तर्फ आँप, अनार, बेल, एभोगाडो लगायतका विरुवा रोपेर संरक्षण गरिने छ ।