सिरहामा थप ८० आइसोलेसन श्यया तयार पार्ने

  • जेठ ७, २०७७ / "नेपाल रेखा"
alt

लहान । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो । यस्तै रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दिवास अस्पतालमा ५० बेड थप गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेश नं २ मा हाल ४४७ आइसोलेसन बेड छ । यी बाहेक ३०५ बेड थप्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
यसअघि गत जेठ २ गते प्रदेश सरकारले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई ५० श्यया (बेड)को कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश नं २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ ।
७० जनाको स्वाब सङ्कलन
सिरहाका कोरोना सङ्क्रमित युवाको कन्ट्याक ट्रेसिङ आधारमा वुधबारसम्ममा ७० जनाको स्वाब सङ्कलन गरिएको छ । सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ लतियाहीका ३० वर्षीय युवकमा गत जेठ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चिकित्सकको टोलीले कोरोना सङ्क्रमित ती युवकका परिवारका सदस्य, साथीभाइ तथा कन्ट्याकमा आएका ७० जनाको आज स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिनुभयो । यस्तै जिल्लाको भगवान्पुर, नवराजपुर र बरियारपट्टीलगायत स्थानको क्वारेन्टिनमा रहेका समेत गरी २१९ जनाको स्वाब सङ्कलन गरिएको प्रमुख यादवले बताउनुभयो ।
कोरोना सङ्क्रमित युवकको सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ती युवकमा कोरोना सङ्क्रमण भेएिपछि गाउँपालिकाको समन्वयमा प्रशासनले युवक गाउँ र त्यसआसपासको क्षेत्रलाई सिल गरेको थियो । साथै जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लामा अनिश्चितकालिन निषेधज्ञासमेत जारी गरी चारैतर्फको सीमा बन्द गरिएको छ ।
गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाँैमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले सिरहाको एक मात्र कोरोना सङ्क्रमित ती युवकको गाउँको निरीक्षण गरेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]