दैनिक सेवन गर्नु पर्ने औषधी अभाव हुन थाल्यो

  • वैशाख ३१, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । कोभिड–१९ अर्थात कोरोना भाईरसका कारण देश लकडाउनको अवस्थामा रहेको छ । पछिल्लो समय लकडाउन लम्बिदै गर्दा पूर्वका बिभिन्न स्थानमा दैनिक सेवन गर्नु पर्ने सुगर, प्रेसर लगायतका औषधीहरुको अभाव हुन थालेको छ ।
लकडाउनको कारण समयमै औषधी बजारसम्म नआउदा सामान्य औषधी पनि अभाव हुन थालेको हो । दैनिक प्रयोगमा आउने र माग अत्याधिक भएको कारण यो समयमा चिकित्सकले लेखेको भन्दा फरक कम्पनिको औषधी दिनु पर्ने बाध्यता रहेको छ भने केहि औषधीको अभावले गर्दा प्रयोगकर्ता त्यसै फर्कनु पर्ने अवस्था रहेको कञ्चनजङ्गा मेडिकलका सञ्चालक युवराज दाहालको भनाइ रहेको छ ।
अति आवश्यक औषधी पनि अभाव सिर्जना हुन सक्ने बिषयलाई लिएर व्यवसायीहरु चिन्तित रहेका छन् भने पहाडी क्षेत्रबााट औषधीको माग आए पनि औषधी ढुवानी गर्न नसकिरहेको इटहरीमा रहेको नवरत्न मेडिसिन प्रा.लि.का सञ्चालक सन्तोष सुवेदीले बताए ।
औषधी उपलब्ध सहजरुपमा हुने सरकारले भने पनि अहिले धेरै ब्रान्डका औषधीको कमी हुन थालेको अवस्था रहेको औषधी व्यवसायी संघ सुनसरीका अध्यक्ष रविन्द्र घिमिरेले बताए ।
घिमिरेका अनुसार राज्यले पनि औषधी व्यवसायीलाई भिन्न ढंगबाट हेरेको अवस्था रहेको भन्दै अन्य व्यवसायीलाई बैंक ब्याज, घरभाडा छुट लगायतका बिषयमा सम्बोधन गरे पनि औषधि व्यवसायीको हकमा सम्बोधन नगरेको बताउदै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु जस्तै आफू पनि आहोरात्र खट्ने भएको कारण औषधी व्यवसायीको पनि बिमा लगायतको बिषयमा सरकारले ध्यान दिनु पर्ने बताएका छन् ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]