राहत वितरणमा विभेद गरेको स्थानीयको आरोप

  • जेठ ५, २०७७ / "नेपाल रेखा"
alt

इनरुवा । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरमा राहत वितरणमा विभेद गरेको स्थानीयहरुले बताएका छन् । जल्पापुरमा वडा अध्यक्ष सुल्तान मियाँले आफ्नो नजिकका र पार्टीकालाई मात्रै राहत वितरण गरेको भन्दै स्थानीयहरुले विरोध गरेका छन् ।
जल्पापुरको साविक ८ र ७ मा कसैलाई पनि राहत नदिएकाले राहत वितरणमा विभेद गरेको स्थानीयहरुले गुनासो गरेका छन् ।
इनरुवा १० जल्पापुरमा कुल एक हजार दुई सय ८० घर परिवार रहेकोमा करिव पाँच सय विपन्न वर्गलाई राहत वितरण नगरि वडा अध्यक्ष मियाँले विभेद गरेको स्थानीयहरुले बताएका छन् ।
वडा अध्यक्ष मियाँले आफ्नो पार्टी नेकपाका समर्थकलाई मात्रै राहत दिएको काग्रेंस पार्टीमा आस्था राख्नेहरुलाई राहत नदिई राहत वितरणमा विभेद गरेको स्थानीय सकुर मियाँले बताउनुभयो ।
सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका–१० जल्पापुरका रफुल मियाँ दुई महिने लकडाउनको कारणले घरमा बसेको भएपनि राहत नदिएको राहुल मियाँले बताउनुभयो ।
आफू एक पार्टीमा सक्रिय भएको र आफ्नो वडामा अर्कै पार्टी विजयी भएका कारणले यस विपतीको बेलामा राहत नदिएको उहाँको भनाई छ । अर्का स्थानीय अवदुल रहमानलेको दुखेसो पनि उस्तै रहेको छ । उहाँले नेकपाको वडा अध्यक्ष भएकाले विभेदमा परेको र नगरमा काँग्रेंसका प्रमुख राजन मेहता भएपनि वहाँले पनि जितेर गएपछि कुनै सुनुवाई र पीडा सुन्न नआएको बताउनुभयो । वहाँले चैतदेखी जारी रहेको लकडाउनका कारणले काममा जान नपाएको र पूर्ण प्रभावित भए पनि राजनीति रुपमामा फरक आस्थाकै कारण राहत नपाएको गुनासो गर्नुभयो । गाउँमा छुतहरु मियाँ, बसिरन खातुत सहितका सयौले भोकभोकै बसेको दुखेसो पोखेका छन् ।
यी दुई त्यो ठाउँका लागि उदाहरणको पात्र मात्र हुन् । उनीहरु जस्तै इनरुवा–१० जल्पापुरमा रहेका करिब ५०० परिवारले अहिलेसम्म राहत पाएका छैनन् । सबैको कारण एउटै हो स्थानीय तहको निर्वाचनमा अर्कै पार्टीलाई गरेको मतदान ।
लकडाउनको पीडाबाट पीडित बनेर भोकभोकै बस्दासमेत आफूहरुलाई राजनीतिक र जातीय विभेद गरेको तथा चुनावमा नेकपालाई भोट नदिएको भन्दै जनप्रतिनिधिले समेत विभेद गरेको स्थानीय काग्रेंसका स्थानीयहरुले बताएका छन् ।
वडामा तत्कालीन नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष सुल्तान मियाँ विजयी भएकाले आफूलाई भोट नदिनेलाई राहत नदिएको स्थानीय मोहमद जावेद अख्तरको आरोप रहेको छ । यता वडा अध्यक्ष मोहमद सुल्तान मियाँले त्यो कुरामा कुनै सत्यता नभएको प्रतिकृया दिनुभयो । पीडितलाई राहत दिने काम जारी रहेको र नपाएकाहरुलाई वितरण गर्ने बताउनुभयो । वहाँले कसैलाई विभेद नगर्ने र नगरेको प्रतिकृया दिनुभयो ।
आफूले साविक वडागतरुपमा राहत वितरण गर्दै आएको उहाँले बताउनुभयो । आफूले राहतमा कुनै राजनीति नगरेको, आफूले क्रमिकरुपमा राहत वितरण गर्ने कामलाई निरन्तरता दिएको बताउनुभयो ।
गाउँमा सञ्चारकर्मी पुग्दा पीडित रुवाबासी गर्दै र केही भक्कानिँदै आफूहरुलाई राहत दिनुपर्ने की रोजगारी दिनुपर्ने र काममा जान दिनुपर्ने वातावरण मिलाइदिन माग गरेका थिए । यहाँ नेपाली काग्रेंसका वडा सभापति खलिल मियाले दुःख परेको बेला कसैलाई विभेद नगरी राहत वितरण गर्नुपर्ने आवश्यकता रहेकोमा विभेद गरिएको देखिएको बताउनुभयो ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]