काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर, उपमेयरलगायत नेकपाका नेताको टोली नै अहिले काठमाडौंमा दौडिरहेको छ । नेकपाका नेता मुक्सामहाङ मेन्याङ्बो “मुकेश“, संघिय सांसद जयकुमार राई नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी, धरान १७ का वडाध्यक्ष सूर्य भट्टराई, नेपाली कांग्रेस धरानका सचिव श्याम पोखरेल, धरान उद्योग बाणिज्य सँघका अध्यक्ष गिरीधारी सापकोटा लगायतको टोली अहिले काठमाडौंमै छ ।विशेषतःधरान खानेपानी, कोशी राजमार्ग, कोशी करिडोरले गरेको क्षति, धरान स्मार्ट बसपार्क, ऐयरपोर्ट लगायतका समसामयिक विषयमा मन्त्रीलाई भेटेर छलफल भइरहेको धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उर्
धरान/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)ले धरानका बाढी पीडितलाई राहत प्रदान गरेका छन् । अबिरल बर्षाकाकारण शनिबार आएको बाढीले धरान–५ सुन्दर वस्तीमा तीन घर बगाएको थियो । मुकेशले घर बगेका परिवारलाई उनले १ बोरा चामल, १ केजी दाल लगायत खाद्य सामाग्री प्रदान आइतबार प्रदान गरेका हुन् । राहत पाउनेहरुमा तिलकबहादुर बस्नेत, भावना चेम्जोङ्ग र जितबहादुर लिम्बू रहेका छन् । बाढीले तिलकबहादुर बस्नेत र जितबहादुर लिम्बूको घर बगाएको छ । घर बगाएपछि उनीहरुले स्थानीय सरकारसँग बस्ती संरक्षणका लागि आग्रह गर्दै आएका छन् । त्यसैगरी, उहाँकै नेतृत्वमा धरानका विभिन्न बाढी
शिव भट्टराईविर्तामोड । नेपाल सरकारले यातायात व्यवसायीहरुसँग कुनै संवाद नगरी एक पक्षीय निर्णय गरी सार्वजनिक यातायात सञ्चालन गर्न भनेकोमा सार्वजनिक यातायात केन्द्रिय महासंघ प्रदेश १ ले आपत्ती जनाएका छन् । व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् भने उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिएका छन् ।सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेशले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ । प्रदेश १ झापा जिल्लाको दमक बसपार्क भएको यातायात मजदुर र ब्यबसायीहरुको भेलाले सरकारले यातायात मञ्जुर ब्यबसायीको माग सम्बोधन नै नगरी यातायात
इटहरी । इटहरी उपमहानगरको सातौ नगरसभाबाट आगामी आर्थिक वर्ष ०७७÷७८ को वजेट नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । नगर प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा भएको शुक्रबारको नगरसभा वैठकले सर्वसम्मतले वजेट नीति तथा कार्यक्रम पारित गरेको हो । वैठकले अर्थ विधेयक २०७७ र विनियोजन विधेयक २०७७ सर्वसम्मतले पारित गरेको छ ।विधेयक माथिको छलफलमा १४ जना नगरसभा सदस्यहरुले भाग लिएका छन् । नीति कार्यक्रम वजेट, अर्थ र विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको उपमेयर लक्ष्मी गौतमले जवाफ दिनुभयो । उहाँले नगरसभासदस्यहरुले अहिलेसम्मकै उत्कृष्ठ वजेट भन्नु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले कोरोना महामार
इटहरी । मायाँ घर इटहरीलाई लायन्स क्लब अफ इटहरी एक्टिभको आयोजना, इलिन्क प्रालिको सहायोगमा शुक्रबार खाद्यान्न बितरण तथा फ्री ईन्टरनेट सेवा जडान गरिएको छ । कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ इटहरी एक्टिभकी संस्थापक अध्यक्ष रन्जु सिग्देलले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि फस्ट डिस्ट्रीक भाइस गभर्नर रेबत कार्की रहनु भएको थियो । कार्यक्रममा लायन लिडरहरु नरनाथ सापकोटा, राजेन्द्र केशरी घिमिरे, रमेश खत्री, चन्द्रमणी गुरागाई लगायको विशेष आतिथ्यता रहेको थियो । क्लबका सदस्यहरुले आफ्नो खुशीका पलहरु समाजमा बाँडेर खुशी मनाउ भन्ने उद्देश्यले लायन्स क्लब अफ इटहरी एक्टिभका सर्भिस चेयर पर्सन राजेन्द्
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं १ का १४ वटा जिल्लाका अध्यक्ष एवं सचिवले पार्टीलाई विभाजनबाट रोक्न माग गर्नुभएको छ । नेकपाका १४ जिल्लाका अध्यक्ष एवं सचिवले आइतबार विराटनगरमा आयोजित सामूहिक पत्रकार सम्मेलनमा आपसी विभाजनले पार्टीलाई क्षति पुग्ने हुनाले एकताको कामलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले करिब दुई तिहाइको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक मनन् गर्नुपर्नेमा जोड दिँदै टुटफुट र विभाजन रोक्ने गरी पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पङ्क्तिमा पनि आग्रह गरिएको छ । नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिइ यसमा भएको कमीकमज
खाँदबारी । सहरिया नयाँ पुस्तालाई ‘बेठी’ शब्द नै आश्चर्यको विषय बन्न सक्छ । बेठी लगाएर धान रोप्ने चलन निकै पुरानो मानिन्छ । ग्रामीण भेगका गाउँबस्तीमा असारे भाका गाउँदै रोपाइँ गर्ने चलन पछिल्लो समय लोप हुन थालेको छ । नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारको दोहोरीसहितको धान रोपाइँ बेठी परम्परा किसानको संस्कृति अब स्मृतिमा सीमित हुँदै जान थालेको छ । पुर्खादेखि चल्दै आएको चलनलाई जीवन्त राख्न बेठी परम्परालाई संरक्षण गर्ने प्रयास गरिएको छ । लोप भइसकेको बेठी परम्पराको जगेर्ना गर्न सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ वानाका चार दाजुभाइले गत वर्ष बेठी लगाएर धान रोपाइँ गरेका थिए ।
कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पु¥याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (¥यापिड रेस्पोन्स टोली) गठन गरेको छ । छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव
विराटनगर । विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७÷७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट बुधबार सार्वजनिक गरेको छ । जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु १३ करोड, प्रदे
इटहरी । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का १ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । वुधबार सुरु भएको सातौं नगरसभामा उपमहानगर उपप्रमुख एवम् बजेट तथा योजना तर्जुमा समिति संयोजक लक्ष्मी गौतमले आगामी आर्थिक बर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि पौने दुई अर्ब बढीको अनुमानित बजेट प्रस्तुत गर्नु भएको हो । कुल विनीयोजनमध्ये चालुतर्फ ७१ करोड ७५ लाख रहेको छ भने पँुजीगततर्फ १ अर्ब ४ करोड ८५ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड ४० लाख अनुमान गरिएको छ । आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघिय सरकारबाट प्राप्त समानीकरण अनुदानबाट ३० करोड १८ लाख, संघिय राज