इटहरीमा पाइन्छ सुत्केरी गाई, भैंसीको भत्ता

  • भदौ २२, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० वटा गाई, भैंसीलाई सुत्केरी भत्ता दिएको छ । गाई, भैंसी ब्याउदा दानापानीमा खर्च गर्न नसक्ने किसानलाई गाई, भैंसी सुत्केरी भत्ता दिइएको हो ।
इटहरी उपमहानगरपालिकाको पशुपक्षी विकास शाखा प्राविधिक ठक्करबहादुर खत्रीले पशुपालक किसानहरुलाई सुत्केरी भत्ता स्वरुप कुल ७५ हजार वितरण गरिएको बताए ।
सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममा ७५ हजार बजेट विनियोजन गरेको थियो । सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम सहकारी सदस्य, पशु विमा भएको गरिब किसानलाई पशुपालनका लागि प्रोत्सहान स्वरुप भत्ता वितरण गरिएको हो ।

99010856_1134129853608565_7378565428672462848_n
इटहरी उपमहानगरले गत आर्थिक बर्ष कृषि तथा पशुपक्षी विकासका लागि भनेर १ करोड बजेट विनीयोजन गरेको थियो ।
यो रकम नगर क्षेत्रका किसानहरुलाई प्रोत्साहनका लागि खर्च गरिएको छ । उपमहानगरले ९ लाख ५० हजार पाडा वितरणमा खर्च गरेको छ । भैसी तथा मासुको लागि इटहरी वडा नम्बर ७, १६, र १७ का ७३ जना किसानलाई वितरण गरिएको छ । त्यस्तै कोरली गाई वितरणमा १९ लाख ५० हजार खर्च गरिएको छ । वडा नम्बर १, २ र २० नम्बर वडाका ७५ जना किसानलाई कोरली गाई वितरण गरिएको छ ।
गाईपालन जोनका रुपमा निर्धारित यी वडाका कृषकलाई कोरली गाई वितरण गरिएको थियो । कृषकलाई उपमहानगर प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरेका थिए । इटहरी–२ की कृषक यशोदा दाहालले भनिन्–‘किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेकोमा मलाई खुशी लागेको छ ।’ इटहरी–२ कै अनिलकुमारी राईले पनि उपमहानगरले प्रदान गरेको गाईपालन गरेर आर्यआर्जन गर्न सकिने आशा पलाएको बताइन् ।
इटहरी उपमहानगरको आन्तरिक श्रोतबाट यो कार्यक्रमका लागि गत आ.वमा २० लाख वजेट विनियोजन गरिएको थियो ।

97347832_936622930084555_8224315111402110976_o
त्यसैगरी, सुगुरको भुनी तथा विर वितरणमा ९ लाख ४८ हजार खर्च गरिएको छ । १ सय ८० भुनी र ४ वटा विर वडा नम्बर ३, ४, ५, ७, १२, र १९ मा वितरण गरिएको छ ।
साथै बोयर बोका खरिदमा ८ लाख ५० हजार खर्च भएको छ भने जमुनापारी खरी क्रस पाठीमा १० लाख ५० हजार खर्च भएको छ । २, ३,४, ५, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा वितरण गरिएको छ भने १ सय ५० पाठी वडा नम्बर १३, १४ र १५ नम्बर वडाका ७५ जना पशुपालक किसानलाई वितरण गरिएको छ ।

119061865_2722620701391041_3701062770228016590_n

20200210_094647
त्यसैगरी, १५ वटा मेसीनरी च्याकटर, ४ वटा क्रिमसेपरेटर मेसिन र १० वटा मिल्क क्यान वितरणमा पनि उपमहानगरले खर्च गरेको छ ।
त्यस्तै माछा पोखरी निर्माणमा १५ लाख बजेट विनीयोजन गरेपनि ८ लाख खर्च गरी अढाई हेक्टरमा पोखरी निर्माण गरिएको छ ।
माछा भुरा वितरणमा ५ लाख खर्च भएको छ । माछा खेति गर्ने किसानलाई २ लाख २० हजार भुरा वितरण गरिएको छ । उपमहानगर परिसरकै मेचीकाली पोखरीमा पनि १० हजार भुरा हालिएको छ ।
त्यसैगरी, वडा नम्बर १०, १८ र १४ मा पशु स्वास्थ्य शिविर संचालन गरिएको छ । ५० जना कृषकलाई १ हप्ते कृषक स्तर तालिम पनि प्रदान गरिएको छ । उपमहानगरक्षेत्रभित्र गाई, बाख्रा, सुगुर पाल्ने कृषकहरुको समूह पनि गठन गरिएको छ । यसमा १ लाख ५० हजार खर्च भएको बताइएको छ ।
त्यस्तै आन्तरिक परजीवी नियन्त्रण कार्यक्रम ८० हजार खर्च गरिएको पशु स्वास्थ्य प्राविधिक लालबहादुर तामाङ्गले बताए । जै, बर्षिम, सुपरनेयीर, किम्बु, घास प्रशोधनमा २ लाख खर्च गरिएको छ ।

विराटनगर महानगर क्षे ...

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र १ सय ९१ ज ...

राउण्ट टेवल नेपालद्व ...

विराटनगर । राउण्ट टेवल नेपालले गरिब तथा विपन्न र जेहेन् ...

सुनको मूल्य प्रतितोल ...

काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । ...

संगित चोकका व्यवसायी ...

इटहरी । इटहरी बजार क्षेत्रलाई आगलागीबाट सुरक्षित राख्न ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]