समाज सेवामा जोशीलो संकल्प "‘अनुशासन बिना राजनीति त के घर पनि चल्दैन ।’"

  • असोज २०, २०७७ / "नेपाल रेखा"
alt

राजनीतिक, पारिवारिक पृष्ठभूमिमा हुर्की बढेको उहाँ कार्की २०३६ सालको बिद्यार्थी आन्दोलनबाट सकृय राजनीतिमा आउनुभयो । उहाँ पारिवारिक पृष्ठभूमि संगै २०४९ सालमा इटहरी ५ बाट मनोनित वडा सदस्य, २०५४ सालमा निर्वाचित वडा सदस्य र २०७४ को स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षमा निर्वाचित प्रतिनिधि भएपछि, ५ नं. बडालाई समृद्ध बनाउने अभियानको उहाँले नेतृत्व गरिरहनु भएको छ ।


जनकपाण्डे/इटहरी । पढाइमा अल्छी गर्दा बिद्यार्थीले पिटाई खाएपछि आफू पढ्ने बिद्यालय आफै बनाउछु भन्ने बालसुलभ मनोबिज्ञान कुनै कक्षा २ मा पढ्ने अवोध बालकमा जाग्छ भने त्यो स्वाभाविक मान्न सकिन्छ । तर समय र संयोगले कालान्तरमा उहि बिद्यार्थीलाई उनको बालसुलभ मनोबिज्ञानको उपज आफ्नो बिद्यालय बनाउने प्रेरणाले दृढ संकल्पित गरायो सामाजिक सेवामा ।


आफुलाई दयालु स्वभावका बताउनुहुने कल्याणबहादुर कार्की इटहरी ५ स्थित ज्योति माबिको पूर्व बिद्यार्थी हुनुहुन्छ । बिगतमा आफुले पनि अध्ययन गरेको बिद्यालयको पूर्वाधारको दयनीय अवस्था देखेर आफुलाई विद्यालय बनाउने प्रेरणा मिलेको कार्की बताउनुहुन्छ ।


बिद्यालयको ब्यवस्थापनदेखि भौतिक पूर्वाधार निर्माण, बिद्यालयलाई जग्गा उपलब्ध गराउन बिभिन्न सार्वजनिक जग्गाहरुको खोजि कार्यमा उहाँ सक्रिय रहनुभयो । सार्वजनिक जग्गा बिद्यालयलाई उपल्ध गराउने र खोला बाटो मिलाउने लगायत सामाजिक कार्यहरुमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको छ । सामाजिक कार्यमा लामो अनुभव संगाल्नु भएका कार्की भन्नुहुन्छ–‘अनुशासन बिना राजनीति त के घर पनि चल्दैन ।’


आफूले भोगचलन गर्दै आएको जग्गा समेत स्कूलका लागि दिनुभएका उहाँमा सामाजिक सेवामा समर्पण गर्ने जोश जाँगर आजसम्म पनि पलाइरहेको छ ।


राजनीतिक, पारिवारिक पृष्ठभूमिमा हुर्की बढेको उहाँ कार्की २०३६ सालको बिद्यार्थी आन्दोलनबाट सकृय राजनीतिमा आउनुभयो । उहाँ पारिवारिक पृष्ठभूमि संगै २०४९ सालमा इटहरी ५ बाट मनोनित वडा सदस्य, २०५४ सालमा निर्वाचित वडा सदस्य र २०७४ को स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिका वडा नं. ५ बाट वडा अध्यक्षमा निर्वाचित प्रतिनिधि भएपछि, ५ नं. बडालाई समृद्ध बनाउने अभियानको उहाँले नेतृत्व गरिरहनु भएको छ ।


५ नम्बर वडा विकासमा विविधता


इटहरी उपमहानगरपालिकाको ५ नम्बर वडाले वडा क्षेत्रभित्र विविध विकासका कामलाई अगाडि बडाइरहेको छ । वडाले भौतिक पूर्वाधार निर्माणलाई मात्र प्राथमिकतामा राखेको छैन, शिक्षा, कृषि, व्यावसाय, पशुपालन प्रवद्र्धनमा समेत ध्यान दिएको छ ।


आफ्नो वडामा पर्ने बाटो, घाटो, पूल–पुलेसा, ढल निर्माण लगायतका यावत पूर्वाधार निर्माणका कार्य सम्पन्न गर्दै इटहरी ५ कै अबिकसित भनिएको सुकुमारी खोला आसपास बाटो फराकिलो बनाई अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकल प्रवेश सहज गराउनु भएका इटहरी उपमहानगर ५ नं. वडाका निर्वाचित प्रतिनिधि वडा अध्यक्ष कल्याणबहादुर कार्की त्यस्ता कुनै रोकिएका योजनाहरु पनि पुनः सुरु हुने बताउनुहुन्छ ।


अहिले इटहरी ५ को योजना मूख्यतयाः पूर्वाधार बिकाश निर्माण, कृषि, शिक्षा स्वास्थ्य ब्यापारमा केन्द्रित रहेको देखिन्छ । चालु योजनामा वडा नं. ५ र वडा नं. १७ जोड्ने गरि बालग्राम चौक स्थित सुकुमारी खोलामा रु एक करोड ४० हजार लागतमा पुल निर्माणको योजना, शिक्षा क्षेत्रमा स्थानीय रक्तमाला प्राबिको भौतिक पूर्वाधार निर्माण, सडक ढल लगायतका योजनाहरु रहेपनि र बाँकी बडावासीको माग अनुुसार अन्य योजनाहरुमा कार्य गर्ने वडा अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।


साथै कृषक, पशुपालक किसानलाई प्रोत्साहन गर्नका लागि नगरको योजना अनुसार नगरसंगै सहकार्य गरेर वडाले कृषि तथा पशुपालन बिकाशका लागि काम गरिरहेको पनि अध्यक्ष कार्कीले बताउनुभएको छ ।



उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]