उदयपुरको बेलका नगरपालिकाका मेयरको निर्देशनमा सुनसरीको श्रीलंका टप्पुमा प्रहरी परिचालन

  • भदौ १७, २०७७ / "नेपाल रेखा"
alt

बराहक्षेत्र । उदयपुरको बेलका नगरपालिकाले ठेक्कामा लगाएको तार घेराबेरा भत्काएको आरोपमा प्रहरीले स्थानीयवासीलाई शुक्रबार रातको १० बजे सुतिरहेको अवस्थामा पक्राउ गरेको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका–९ स्थित श्रीलंका टप्पुका स्थानीयलाई रातको १० बजे लछारपछार पार्दै प्रहरीले पक्राउ गरेको पीडित शिवदेवी महतोले बताइन् । २ महिनाको बच्चा, बच्चाकी आमा सुनितादेवी, संजीवकुमार महतोलाई ५ जनाको संख्यामा आएका प्रहरीले घर घेरेर नियन्त्रणमा लिई जबरजस्ती गाडीमा हालेको पीडितको भनाइ छ ।
आफूहरुलाई बेलका नगरपालिकाले ठेक्कामा लगाएको तार घेराबेरा भत्काएको आरोपमा स्थानीय गल्फडियाका प्रहरी र इलाका प्रहरी कार्यालय रामपुरका प्रहरीले कुट्दै गाडीमा हालेको पीडितको भनाइ छ ।
सोही क्रममा विदेशबाट पठाइदिएको ४० हजार पर्ने मोबाइल समेत प्रहरीले खोसेर पानीमा फ्यालिदिएको पीडित शिवदेवीले बताइन् ।
बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाको निर्देशनमा प्रहरीले श्रीलंका टप्पुका स्थानीयलाई तार घेराबेरा भत्काएको निहुँमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।
‘तार घेराबेरा गर्ने ठेकेदारको जाहेरीका आधारमा पक्राउ गरेर ल्याएका हौं, नगर प्रमुख दुर्गाकुमार थापाको आग्रहमा रातविरात हामी तार घेराबेराको सुरक्षामा बसेका थियौंं,’ प्रहरी निरीक्षक साहले भने, ‘घेराबेरा भाँचेपछि उजुरीका आधारमा पक्राउ गरेका हौं ।’
५ जनाको नाममा जाहेरी परे पनि १ जनालाई पक्राउ गर्ने क्रममा बाधा गरेपछि सबैलाई गाडीमा हालेर ल्याएको प्रहरी निरीक्षक साहले स्वीकार गरे । जाहेरीमा नाम उल्लेख भएका संंजीवलाई इलका प्रहरी कार्यालयमा राखेको र उनकी आमा, श्रीमति र २ वर्षीय बालकलाई नगरपालिकाको सेफ हाउसमा राखिएको प्रहरी निरीक्षक साहले बताए ।
आइतबार संजीवलाई म्याद थपका लागि उदयपुर जिल्ला अदालत लगिएको र तार घेराबेरा भत्काएका विषयमा थप अनुसन्धान गरिने प्रहरी निरीक्षक साहले जानकारी दिए ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]