कोरोनाले स्वास्थ्य कार्यालय भवन निर्माण कार्य प्रभावित

  • असोज २५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर १ मा बनाउन थालिएको आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य कोरोनाकाकारण प्रभावित बनेको छ ।
७० प्रतिशत निर्माण कार्य भएपनि बाँकी ३० प्रतिशत काम कोरोनाकाकारणले अघि बढ्न नसकेको सोही गाउँपालिका १ नम्बर वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भयो ।
नेपालमा लक डाउन सुरु हुनुभन्दा एक महिना अघि ४० लाख लागतमा ४ कोठे भवन निर्माण कार्य थालिएको थियो । कोरोनाको कारण निर्माण मजदुर परिचालनमा कठिनाई उत्पन्न भइ हाल सो भवन निर्माण कार्य स्थगित भएको छ ।
आधारभूत स्वास्थ्य कार्यालय भवन निर्माण कार्य सम्पन्न भएपछि ६ औं तहको स्वास्थ्य कर्मचारीबाट सेवा प्रवाह हुने वडा अध्यक्ष गुरुङ्ग बताउनु हुन्छ । संघ र प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालय भवन बनाउन थालिएको उहाँको भनाई छ । सोही वडाको वडा कार्यालय भवन र स्वास्थ्य कार्यालय भवन एउटै परिसरमा बनाइदैछ । यी दुबै भवन निर्माणका लागि ५ कठ्ठा १२ धुर जग्गा रामसीता स्कूलले उपलब्ध गराएको हो ।
त्यसैगरी, बर्जु गाउँपालिकाको १ नम्बर वडाले वडावासीलाई कोरोनाबाट बचाउने उद्देश्यले विविध कार्यक्रम संचालन गरेको छ ।
वडा अध्यक्ष श्याम गुरुङ्गले बताउनु भएअनुसार वडाबासीलाई स्वास्थ्य सचेतना जगाउनका लागि जनप्रतिनिधिहरुको तर्फबाट घरदैलो अभियान संचालन गरिएको छ । सो अभियानको क्रममा माक्स, सेनिटाइजर, साबुनलगायत स्वास्थ्य सामाग्री वितरण पनि गरिएको छ । वडामा विभिन्न लाभग्राहीको अवस्था विश्लेषण गरी दाल, चामल, तेल, नुनजस्ता खाद्य सामाग्री वितरण गरिएको गुरुङ्गले बताए । त्यसरी राहत पाउनेहरु वडाभित्रका ११ सय घरधुरी रहेका छन् ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]