मेलान सुनसरीद्वारा सहयोग प्रदान

  • असोज ५, २०७७ / "नेपाल रेखा"
alt

इटहरी । मेडिकल ल्याबेरोटरी एसोसिएसन अफ नेपाल (मेलान) सुनसरी र प्रदेश स्वास्थ्य प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको सहकार्यमा १५ हजार ५ सय बराबरको खाद्य सामाग्री सोमबार सहयोग स्वरुप प्रदान गरिएको छ ।
इटहरी स्थित सरकारी अस्पतालको प्रयोगशाला बिभागमा स्वयम् सेवकको रुपमा कार्यरत एक स्वास्थ्यकर्मीलाई सो सहयोग वितरण गरिएको हो । उनी र उनको ८ जना परिवारलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु सबै आइशोलेसनमा बसेर सामान्य अवस्थामा आइसकेका छन् ।
परिवार नै संक्रमित भएपछि उनीहरुलाई पौष्टिक खाद्य सामाग्री उपलब्ध गराइएको मेलान सुनसरी अध्यक्ष डा. खगेन्द्र ओलीले जानकारी दिए । डा. ओलीले लकडाउनकाकारण संकटमा परेकाहरुलाई मेलानले थप सहयोग गर्दै जाने बताए । सहयोग हस्तान्तरणका क्रममा मेलान प्रदेश अध्यक्ष नबीन खड्का र केन्द्रीय समिति सल्लाहाकार प्रकाश अधिकारीको पनि उपस्थिति रहेको थियो । साथै मेलानका अन्य सक्रिय सदस्यहरुको पनि उपस्थिति रहेको थियो । ल्याब असिस्टेन्टमा कार्यरत उनको परिवारले सानोतिनो पसल पनि संचालन गर्दै आएको थियो । लकडाउन र कोरोना प्रभावले सो पसल पनि हाल बन्द अवस्थामा छ ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]