जनक पाण्डे/नेपालरेखा । पथरी/नेपाली काँग्रेस पथरी–शनिश्चरे नगरपालिका ५ नं. वडाको अधिवेशनले चयन गरेको काँग्रेस वडा कार्यसमितिको सभापतिमा चेतेन्द्र खड्का (चेतन) विजयी भएका छन् । ५ नं. वडाको जनप्रतिनिधि समेत रहेका खड्काको यो जित संगै अव ५ नं. वडाको नेपाली काँग्रेस पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी समेत उनलाई थपिएको छ । वडा कार्य समितिमा बिजय भएपछि संचारकर्मीसंग कुराकानी गर्दै नव निर्वाचित वडा सभापति चेतेन्द्र खड्काले अबको नेतृत्वले श्रद्धेय अग्रज नेताहरुको वाणिहरुलाई मुलमन्त्रको रुपमा अनुसरण गरेर अगाडी जानुपर्ने बताएका छन् । खड्काले पार्टीभित्र एकताको भावना कम भए सिङ्गो पार्टीलाई नै यसक
दुहबी । नेपाल सरकार सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टि स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा सुनसरीको दुहबी नगरपालिकामा ८० जना युवालाई व्यावसायी सिपमुलक तालिम प्रदान गरिएको छ । मंगलबार असिस्टेन्ट व्यूटीसीयन तालिम समापनमा दुहबी नगर उपप्रमुख सुनिता दाहाल साहले बोल्दै महिलाले सिप सिकेर रोजगार तथा व्यवसायी बन्दा आफूलाई खुसी लाग्ने गरेको बताउनु भयो । साथै सिप सिकेका प्रशिक्षार्थीले व्यवसाय गर्न स्पष्ट योजनाका साथ आए नगरपालिकाले सदैव सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा समृद्धि
इटहरी । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक बिक्रेता तिरुपति अटोसिटी (यामाहा शोरुम) सुनसरी इटहरीद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरिएको छ । यो अफर गत भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको तिरुपति अटोसिटी इटहरीका प्रबन्धक संजोग पराजुलीले बताउनु भएको छ ।प्रवन्धक पराजुलीले भन्नु भयो–‘यो योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा बाइक तथा स्कुटी खरीद गर्दा तत्कालै स्योर सट उपहारमा रु.८,०००÷ देखि रु.१ लाखसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ ।&rsq
इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सिप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ ।इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले मल्टि स्किल एण्ड एन्भारोमेन्ट डेभलपमेन्ट प्रा.लि.द्वारा संचालित तह–१ को निःशुल्क ६५ दिने (३९०ण्टे) सिपमुलक टेलरिङ तालिम समापन कार्यक्रममा सिलाई मेशिन हस्तान्तरण गरिन् । इटहरी उपमहानगर वडा नम्बर ५ को तर्फबाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरिएको हो । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) परियोजना अन्तर्गत ६५ दिन सम्म सञ्चालित टेलरिङ्ग तालिमको
मोहन ढकालइटहरी / नेपालरेखा । स्थानीय तयारी पोशाक उद्योग र होजियारी उद्योगहरुले स्थानिय बजारको पचास प्रतिसत हिस्सामा योगदान गर्दै आएको भएपनि कोरोना महामारिका कारण नेपाली तयारी पोसाक उद्योगहरुका उत्पादनले अहिले बजारको दोब्वर हिस्सा ओगटन थालेको बताइएको छन् । स्थानीय उत्पादित सामाग्री बाहय आयातित सामान भन्दा सस्तो पर्ने हुँदा र खास गरेर कोरोना महामारिको समयमा तयारी पोसाक आयात पनि प्रभाबित हुने गरेकोले स्थानीय उत्पादनहरुले नेपाली बजारमा प्राथमिकता पाएका हुन् । नेपाली गार्मेन्ट उद्योगमा बिभिन्न प्रकारका गुणात्मक बस्तुहरु उत्पादन हुदै आएका छन् । नेपालमै उत्पादन भएका गुणस्तरयुक्त सामानको प्रय
धनकुटा । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा विपे्रषण आयोजना समृद्धिको वित्तीय सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा मल्टी स्किल एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिद्वारा धनकुटा र पाख्रिवास नगरपालिकामा ६० जना युवालाई सिपमुलक तालिम दिएको छ । जसमा धनकुटा नगरपालिकामा टेलरिङ्ग २० जना र व्यूटिसियन २० जना र पाख्रिबास नगरपालिकामा २० जना मेसन गरी जम्मा ६० तालिम प्रदान गरिएको मल्टी स्किल कार्यक्रम संयोजक विकास खनालले जानकारी दिए । पाख्रिबासको मेसन तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक खनालले सम्पूर्ण प्रशिक्षार्थीलाई सिटीईभिटीईबाट सिप परिक्षण गर
इटहरी । एमाले निकट अनेरास्ववियू सुनसरी क्षेत्र नम्बर ३ को अध्यक्षमा युस्टल दाहाल (गोरे) मनोनित भएका छन् । साथै उनलाई सोही संगठनको इटहरी उपमहानगर सहइन्चार्जमा समेत मनोनित गरिएको छ । अनेरास्ववियु केन्द्रिय सदस्य जिबि गजल, जिल्ला अध्यक्ष रोशन रेग्मी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राजन बानिय र जिल्ला अध्यक्ष अरुण गुरुङ हरुको छलफल पश्चात् युस्टल दाहाल (गोरे) लाई सर्वसम्मत÷निर्बिरोध अध्यक्ष र सहइन्चार्जमा मनोनित गरिएको जानकारी अनेरास्ववियु सुनसरी जिल्ला अध्यक्ष रेग्मीले दिए । केन्द्रिय सदस्य जिबि गजलले भने–‘हामीले एक जिम्मेवारी राम्रो बहन गर्न सक्ने मान्छेलाई प्राथमिक
जनक पाण्डेइटहरी । इटहरी वडा नम्बर–१७ मा पकली खानेपानी उपभोक्ता तथा सरसफाई समिति आयोजनाको समुद्घाटन गरिएको छ ।खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका प्रमुख प्रदीपलाल कर्णबाट आयोजनाको भवन परिसरमा शनिबार समुद्घाटन गरिएको हो । डिभिजन प्रमुख कर्णले शिलापत्रको तुला र खानेपानीको धारा खोलेर उद्घाटन गरेका थिए ।इटहरी वडा नम्बर १६, १७ र १८ मा बसोबास गर्ने ५ सय उपभोक्ता यस समितिमा आवद्ध भइसकेको समितिको अध्यक्ष राजेन्द्रप्रसाद ओझाले बताए । ओझाकाअनुसार ४ सय धाराबाट पानी वितरण थालिएको छ । ४५ किलोमिटर पाइपलाइन योजना अन्तर्गत २५ किलोमिटर पूरा भइसकेको ओझाको भनाइ छ ।बर्षे
इटहरी । इटहरी–१९ भवानीपुरमा संचालित सहिद स्मृति विद्यालयमा बिभिन्न समूहले लगाएको ताला ७१ दिनपछि आइतबार खुलाइएको छ ।उच्च अदालत विराटनगरले असार १८ गते गरेको उत्पे्रषणयुक्त परमादेशको रिटमा छलफल भई आदेश हुँदा बिभिन्न सरोकारवालाहरुको रोहबरमा ताला खोलिएको हो । उच्च अदालतको आदेशमा भनिएको छ–‘सहिद स्मृति आवासीय विद्यालय सुनसरीमा भएको तालाबन्दी तत्काल खोली विद्यालय प्रशासन संचालन र यस शैक्षिक बर्षको एसइई परीक्षाको आन्तरिक मूल्यांकन नतिजाको कार्य जिल्ला शिक्षा समन्वय समितिबाट तोकिएको समयमा पेश गर्ने व्यवस्था गर्न ।’ साथै ‘तालाबन्दी खोल्नका लागि विपक्षी जिल्ला प्रशासन कार्याल