जिल्ला सदस्यमा नेतृ पाण्डे निवार्चित

  • माघ ५, २०७८ / नेपाल रेखा
alt


नपालरेखा ।
ईटहरी । नेकपा एमाले सातौं जिल्ला अधिवेशनमा जिल्ला सदस्य पदमा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियू सुनसरीकी प्रखर नेता अन्जु पाण्डेले २३२ मतको भारी अन्तरले सुनसरी जिल्ला सदस्य पदमा निवार्चित भएकी छन् ।
अनेरास्वबियू बिद्यार्थी महिला कोटाबाट उम्मेदवारी दिएकी उनले आठ सय ७४ मत प्राप्त गरि बिजय हासिल गरेकी हुन् । नेता अन्जु पाण्डेको निकटतम प्रतिद्वन्दि मोनालिसा श्रेष्ठले ६ सय ४२ मत प्राप्त गरेकी थिईन् ।

२७ गते, मंगलवार सुनसरीको ईनरुवामा भएको निवाचनमा अनेरास्वबियू बिद्यार्थी महिला क्लसटरमा कुलमत अठार सय ५ खसेकोमा तिन सय ५ मत बदर हँदा कुल मत पन्ध्र्र सय रहेको थियो ।

271542635_660112951830282_4374192523375927942_n

लामो समयदेखि एमाले राजनितिमा आवद्ध भएकी पाण्डे सुनसरीको संगठन बिस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी थिईन् ।
पाण्डेले आफ्नो राजनितिक ज्ञान, अनुभव र दक्षतालाई पार्टीको विकास, विस्तारमा लगाउन आफुले उम्मेदवारी दिएको बताउँदै पाण्डेले भनिन् –‘मैले विद्यार्थी राजनीति गरेँ। पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेको छु, मैले ग्राउण्ड लेवलको राजनीतिमा लामो समय लगाएको छु, मलाई पार्टीका नेता कार्यकर्ता साथीहरु सवैले साथ दिने बिस्वास छ ।’


नेकपा एमाले सुनसरीमा यूवाहरु सक्रिय राजनितिमा आउन आवश्यक रहेको भन्दै युवा बिचार र सिद्धान्तले मात्र राजनितिले गति पाउने वताएकी छन् ।
अनेरास्ववियु सुनसरीका इन्चार्ज तथा केन्द्रीय स्थायी कमिटीका सदस्यको जिम्मेवारीमा समेत रहिसकेकी नेता पाण्डेले जिल्ला सदस्यमा रहेर आफुले युवाको आवजलाई प्राथमिकताका साथ स्थापित गर्ने बताएकी छन् ।

नेकपा एमाले सम्वद्ध सुनसरीकी युवा नेता पाण्डे २०६४ सालमा अनेरास्ववियुको सेक्सन कमिटीमा, र त्यसैगरेर, २०६६ सालमा महेन्द्र मोरङ क्याम्पस कमिटीको सहसचिव भईसकेकि छन् ।
त्यस्तै, पाण्डे मोरङको जिल्ला सहसचिव, राष्ट्रिय परिषदको केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, त्यसैगरेर, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य र अनेरास्ववियु सुनसरीकी इन्चार्ज समेत भएर काम गरि सकेकी छन् ।
पाण्डेले लामो समय, बिगत १५ बर्ष देखि राजनितिमा योगदान गर्दै पार्टीको भातृ संगठन अनेरास्ववियु बाट राजनीति यात्रा सुरु गरेकी थिईन् ।

नेता पाण्डे राजनितिक जिवन संगै सामाजिक क्रियाकलाप मा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन् । उनले आफुले नेतृत्व गर्ने आगामामी कार्यक्रममा, प्रदेश नं १ मा महिला हिंशा बिरुद्ध किशोरी आत्मरक्षा कार्यक्र संञ्चालन गर्न लागेको समेत जानकारी गराएकी छन् । त्यस्तै, अपाङ्गता भएका र एकल महिला लक्षित स्वरोजगार कार्यक्रम समेत आफुहरुले संञ्चालन गर्न लागेको बताएकी छन् ।

 

 

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]