पिडित बिरामीको सहयोग याचना

  • पुस १३, २०७८ / नेपाल रेखा
alt


नपालरेखा ÷गछिया । मोरङ्गको सुन्दर हरैचा नगरपालिका ३ नं. वडा गछिया ईराक टोलका यूवा भिमबहादुर प्रधानको परिवारले उपचारका लागि सवैसंग सहयोगको याचना गरेका छन् ।
छोराको दुवै खुट्टामा घाउ भएर ओछ्यानमा थला परेर असक्त र असहाय बनेका प्रधानकी आमा सीता प्रधानले यस्तो याचना गरिकी हुन् ।

एघार वर्ष अगाडी श्रीमानको देहान्त पछि तीन छोराहरुको साथमा बस्दै आएकी सीता कमाई गर्ने जेठो छोरा रोग तथा घाउले थलिएपछि अहिले झन चिन्तित बनेकी छिन् । उनी भन्छिन्–‘खोलाले घर बगाईदियो, श्रीमान बित्नुभयो ।’ अहिले जेठो छोरा रोग र घाउले थलिएर असक्त छ भन्दै दुखेसो पोख्छिन् । गछिया ईराकटोलमा आफ्नै घरमा वस्दै आएको प्रधान परिवार खोलाले घर वगाई दिएपछि घर बिहिन बनेका उनीहरु अहिले छिमेकी रिता रिषिदेवको घरमा आश्रय लिएर बस्दै आएका छन् । प्रधान परिवारलाई अहिले बिहान बेलुका खान समेत समस्या परेको छिमेकीहरुले बताएका छन् ।

बिगत लामो समयदेखि आफ्ना दुवै खुट्टामा घाउ भइ रोगी भएर हिड्डुल गर्न समेत नभएपछि थलिएका प्रधानको उपचारमा छिमेकीहरुले पहल गरेपनि आर्थिक अभावले उपचार गर्न नसकेर प्रधानको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छिमेकी तुलसा विक बताउँछिन ।

छिमेकमा यस्तो अवस्थाको बारेमा वडा कार्यालयमा समेत जानकारी र सहयोगको याचना गर्दा समेत सुनुवाई नभएको छिमेकीहरुले बताएका छन् । पटक पटक वडा कार्यालयमा सहयोग अपिल गर्दा पनि वास्ता नगरेको, वडाले सहयोगका लागि वजेट नआएको भन्दै बेवास्ता गरेको भन्ने स्थानीय छिमेकीहरुको आरोप छ । छिमेकी तुलसा बिकले भनिन्–“यहाँ हाम्रो टोलमा समस्या भयो भने प्रहरी पनि आउन मान्दैनन् । वडाले पनि हेर्दैन ।”

वडा अध्यक्ष जिवन ढुंगाना भने आफु यस बारेमा अनभिज्ञ रहेको बताउँछन् । इराकटोलबाट एक सय ५० मिटरको दुरीमा आफ्नो निवास रहेको भए पनि आपूmलाई यस बिषयमा जानकारी नगराईएको वडा अध्यक्ष ढुंगानाले बताएका छन् । जानकारी भएको भए आफूले ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने बताउँछन् । आफू वडा प्रतिनिधि समेत भएकोले संस्थागत र ब्यक्तिगत दुवै तर्फबाट आफूले सहयोग गर्ने वडा अध्यक्ष ढुंगानाले हटलाईनसंग टेलिफोनमा बताएका छन् ।

यसैबिच नेपाल स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाले रोग तथा घाउले थलिएका भिमबहादुर प्रधानलाई खाद्यान्न र केही नगद सहयोग गरेको छ ।

270800327_270164738439155_1561467060331383341_n.jpg222222222222222

चामल २ बोरा, तेल २ लिटर, दाल २ किलो, नुन २ पोका, चना ३ किलो, चिउरा ३ किलो, भूजिया २ प्याकेट, चाउचाउ ३० प्याकेट र नगद एघार सय सत्तरी स्वतन्त्र पत्रकार संघले भिमबहादुरकि आमा सीता प्रधानलाई सोमबार विरामी बसेको कोठामा पुगेर सहयोग हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा, स्वतन्त्र पत्रकारहरु उत्तम रेग्मी, जनक पाण्डे, शालिग्राम पाण्डे, मोहन ढकाल र प्रेम गिरीले, यूनिशा राई, टिका बिकको उपस्थिति रहेको थियो ।

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]