जिल्ला अदालत कर्मचारी प्रशासनमा ब्यापक सुधार गरिने फाँटमा कर्मचारीको गुनासो

  • असोज २१, २०७८ / नेपाल रेखा
alt

जनक पाण्डे

नपालरेखा / इनरुवा । यो काम ऊ काम किन नगरिदिएको भन्दै कानुन ब्यावशायीहरुले सुनसरी जिल्ला अदालतका मुद्दा फाँटका कर्मचारीहरुलाई बारम्बार भनेर दिक्क लगाउने गरेको फाँटका कर्मचारीले गुनासो ब्यक्त गरेका छन् ।

सुनसरी जिल्ला अदालतको २ नं. मुद्दा फाँटको मुद्दा बिवरण हेर्दै आउनु भएका नायव सुब्बा कर्मचारी तुलसी रिजालले फाँटमा आफ्नो स्वबिवेकले काम गर्ने वातावरण नमिलेको तर्फ संकेत हुनेगरि कानुन ब्यावशायीहरुको कार्यालय भित्र हुने गरेको यस्तो वातावरणले कर्मचारीमा दिकदारी उत्पन्न हुने बताउनु भएको छ ।

‘कर्मचारिले अदालतको मूद्दा फैसला प्रभाबित हुनेगरि कुनै काम गर्दैनौ’, मुद्दा फाँटका कर्मचारी नायव सुब्बा तुलसी रिजालले भन्नु भएको छ । तर कार्यालय भित्र कानुन ब्यावशायीहरुको दवदवा र हस्तक्षेप रहेको उहाँले आरोप लगाउनु भएको छ ।

कार्यालय भित्र कानुन ब्यावशायी तथा वकिलहरुको हस्तक्षेप र अमर्यादित ब्यवहारका कारण सोमबार २ नं. वेन्चमो वकिलसंग आफ्नो भनाभन भएको फाँटका कर्मचारि रिजालले बताउनु भएको छ । घटनामा कानुन ब्यावशायी माथि हातपात गर्ने कुनै मनसाय नरहेको, तर दुवैपक्ष आवेगमा आउँदा आफुले कुर्सी उठाएर हान्न खोजेजस्तो तर्साउन मात्र खोजेको उहाँले बताउनु भएको छ ।

सोमबारको घटनामा बेन्चमा मुद्दाको बकपत्रको शिलशिलामा कानुन ब्यावशायी अधिवक्ता शालिग्राम पाण्डेले हेर्नु भएको मुद्दाको बकपत्रको समय सकिएको भन्दै अर्को दिनलाई सारिए पछि विवाद उत्पन्न भएको थियो ।

घटनामा कानुन ब्यावशायी अधिवक्ता शालिग्राम पाण्डेले कार्यालय फाँटमा बेथिति मौलाएको तर्फ इङ्गित गर्दै गर्दा आफुलाई चोट पुगेको कारण फाँटका कर्मचारि रिजाल आफु आवेगमा आएको बताउनु भएको छ ।

कार्यालयहरु र न्यायालयमा हुने गरेका अनियमितता र बेथितिका बारेमा बेलाबखतमा सञ्चारका माध्यमबाट खवरहरु बाहिरिने गरेका यथार्थहरु हामी सामु छन् । तीस बर्षसम्म न्याय प्रशासनमा सेवा गर्नु भएका भोजपूर जिल्ला स्थायी घर भई हाल ईनरुवा नगरपालिका निवासी पूर्व कर्मचारि मेघराज पराजुलीको अनुभवमा बिगतमा सुनसरी जिल्ला अदालतमा अनियमितता र बेथिति रहेको उहाँ बताउनु हुन्छ ।

बाईस वर्षसम्म सुनसरी जिल्ला अदालतमा एउटै मुद्दा फाँटमा आफुले काम सम्हालेकोे बताउनु हुने पराजुलीले अदालतमा लामो समयसम्म बेथिति मौलाएको बताउँदै भन्नुभयो– ‘पहिले घुस, भ्रष्ट्राचार चल्थ्यो अहिले २०६५ साल देखि धेरै सुधार भएको छ ।’

सोमबारको घटनाको बिषयलाई लिएर मंगलबार सुनसरी जिल्ला अदालतका कर्मचारीले १० बजे देखि १२ बजे सम्म पेन डाउन गरेका कारण सेवाग्राहिको काम नभएको भन्ने गुनासोका बारेमा जिज्ञासा राख्दा यो बिषय यथार्थ नभएको कार्यालयका शाखा अधिकृत बालकृष्ण पोखरेलले जानकारी दिनु भएको छ ।

कर्मचारिहरु उक्त घटनाको बिषयलाई लिएर अदालतको अवहेलना बिरुद्ध कारवाहिका लागि मुद्दा प्रतिवेदन बुझाउन १ नं. जिल्ला न्यायाधिस समक्ष प्रतिवेदन बुझाउन जाँदा कार्यकक्षमा कर्मचारि अनुपस्थित देखिँदा पेन डाउनको भ्रम भएको शाखा अधिकृत बालकृष्ण पोखरेलले बताउनु भएको छ ।

घटनाको बिषयलाई लिएर अदालतमा जनताको कामका लागि आएका कामको ध्यानमा राखि छिटो छरितो सेवा प्रवाह हुने गरि आगामी दिनमा यसलाई ब्यापक सुधार गरेर लगिने अदालत स्रोतले बताएको छ ।

यसै सन्दर्भमा, अदालत वा न्यायाधिशको आलोचना अवहेलना हुन नसक्ने वारे एकदैनिक पत्रिकाले छापेको खवर छ । सञ्चारमाध्यम वा कुनै नागरिकले अदालत वा कुनै न्यायाधीशको आलोचना गरेमा अवहेलनाको मुद्दा लाग्न नसक्ने नजिर बनेको सम्बन्धमा इजलासको पूर्णपाठमा भनिएको वाक्याँशः ‘आलोचना वा समालोचना नसहने अथवा न्यायाधीशले ब्यक्तिगत रुपमा जवाफ दिनुपर्ने बिषयलाई पनि अदालतको अवहेलनाको अस्त्रका रुपमा प्रयोग गरि दवाउन नखोजियोस ।’

 

कुम्भकर्ण र कञ्चनजङ् ...

तीन हजार ६३६ मिटर उचाईमा अवस्थित नेपाल-भारत स ...

अरिहन्त देखि पानीपिय ...

कृष्ण अधिकारीविषयमा प्रवेश गर्नुभन्दापहिले एउटा प्रशंग ...

आलोचनात्मक प्रतिपक्ष ...

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट ...

सुनचाँदीको मूल्य केह ...

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य केही घटे ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]