चार वर्षदेखि खुट्टाको घाउले कुजिएर बसेका श्रेष्ठलाई स्वतन्त्र पत्रकार संघको सहयोग

  • पुस १३, २०७८ / नेपाल रेखा
alt


नेपालरेखा÷गछिया (मोरङ) । स्वतन्त्र पत्रकार संघ कुनै न कुनै रुपबाट मानविय सेवामा समर्पित बनेको छ । स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डेको अगुवाईमा भएका सामाजिक अभियानका गतिविधिहरु कुनै कुनै रुपबाट भई नै रहेका छन् । कहिले मिडियाको नामबाट त कहिले वैवाहिक वर्ष वा जन्म दिन पारेर सामाजिक अभियानमा जोडिने काम भईरहेको छ । कहिले विद्धाश्रम त कहिले बालआश्रम त कहिले दुःखमा छटपटाएका आर्थिक पहुँच नभएका रोगले ग्रस्त भएका व्यक्तिका थुपडीमा स्वतन्त्र पत्रकार संघ पस्ने गरेको छ ।


यस्तै क्रममा पुस १२ गते सोमबार सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ को मुसहरी टोल (गछिया)मा आर्थिक अभावमा छटपटिएर पीडादायी जीवन बिताइरहेको परिवारलाई खाद्यान्न सहित उपचारका लागि सहयोग हस्तन्तरण गरेको छ । स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाका अभियन्ता पत्रकारले  आर्थिक अभावका कारण ४ वर्षदेखि खुट्टामा घाउ भएर उपचार गर्न नसकेका रिता ऋषिदेवको घरमा आश्रय लिएर बस्ने भिम श्रेष्ठ र उनको परिवारलाई  खाद्यान्न सहित नगद हस्तान्तरण गरेको छ ।

20211227_091136


सो परिवारलाई ५० केजी मन्सुली चामल, २ केजी दाल, २ लिटर तेल, २ पोका नुन, ३ केजी चिउरा, २ प्याकेट भुजिया, ३० प्याकेट चाउचाउ र चनासहित नगद १ हजार सत्तरी रुपैंया श्रेष्ठकी आमालाई हस्तान्तरण गरिएको छ ।

 

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]