इटहरी । बिरामी भएपछि उपचार अनेक विधिले गराउन सकिन्छ । विश्व जगतमा रोगको उपचारका प्रचलित चिकित्सा बिधिहरु–एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी, प्राकृतिक चिकित्सा आदि छन् ।
उपचार गरेपछि निको हुने नहुने व्यक्ति विशेषमा भर पर्ने कुरा हो, उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार भने होमियोप्याथीमा गरिन्छ ।
एक अध्ययन अनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन् र यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन् ।
यस्तै, सुनसरीको इटहरीमा पनि इन्खा पोलिक्लीनिक प्रा.लि.ले पनि होमियोप्याथी विधिबाट स्वास्थ्य सेवा दिइरहेको छ । २०७० मा दर्ता गरी आफूहरुले यो विधिबाट सेवा सुरु गरेको डाक्टर खगेन्द्र ओली बताउँछन् । यतिबेला भने इन्खा एकीकृत अस्पतालमा रुपान्तरित भइ अन्य बिधाको चिकित्सा सेवा पनि दिन थालेको छ ।
डाक्टर खगेन्द्र ओली इन्खा एकीकृत अस्पतालका अध्यक्षसमेत रहेका छन् । डा. ओलीकाअनुसार होमियोप्याथी विश्वमा आफ्नो हानिरहित, एकपटक निको भइसकेको रोग पुनः बल्झिने सम्भावना नहुने, रोगलाई जरैबाट निर्मूल पार्ने, दुरगामी लाभदायक उपचार, तुरन्त प्रभावकारिता एवं कम खर्चमा सर्वसुलभ औषधीहरुको उपलब्धताको कारण चिकित्साको क्षेत्रमा लोकप्रिय हुँदै गइरहेको छ ।
इन्खा एकीकृत अस्पतालले होमियोप्याथी उपचारका साथ साथै एलोप्याथिक, फिजीयोथेरापी, एक्युपंचर, पन्चकर्म, सौना, भिडियो एक्सरे, प्रयोगशाला सेवा सहितको सबै विधा र पद्धतिबाट एकै ठाउँमा सेवा दिइरहेको छ ।
इटहरीको जनता बहुमुखी क्याम्पसका प्राध्यापक विरेन्द्र कार्कीकी भाउजु राधिका कार्कीलाई खुट्टा नचल्ने, कम्मरदेखि तलको भाग पनि नचलेर हिडडुल गर्न कठिन हुने गरेको थियो । इन्खा सस्पतालबाट उपचार गर्दा यो रोग निको हुन्छ भन्ने कुरा प्राध्यापक कार्कीले सुने र उतm अस्पतालमा भाउजु राधिका कार्कीलाई संखुवासभादेखि लिएर आए । अनि सुरु भयो राधिकाको उपचार, केहि समयको उपचारपछि आफू निको भएर हिडडुल गर्न सक्ने भएको राधिका कार्की बताउछिन् ।
त्यसैगरी, इटहरीका भिषण थुलुङ राई सवारी दुर्घटनामा परे । त्यसपछि उनको हात नचल्ने भयो । उनी पनि इन्खा अस्पतालमा उपचार गर्न आए । सिनियर फिजियोथेरापिस्ट नवीन मगरले फिजियोथेरापी विधिबाट उपचार गरेपछि आफ्नो हात ठिक भएको उनी बताउँछन् । मगर इन्खा एकीकृत अस्पतालका उपाध्यक्षसमेत हुन् ।
उता, मोरङ विराटचौककी ललिता राई वाथ रोगले थलिएकी थिइन् । होमियोप्याथी विधिबाट उपचार गरेपछि ठिक हुन्छ भन्ने सुनेपछि उनी परिवारका सदस्यको सहयोगमा यहाँ उपचार गर्न आइन् । उनले एक बर्ष उपचार गर्दै औषधी सेवन गरिन्.। अहिले आफू निको भएको उनी बताउँछिन् ।
इन्खा एकीकृत अस्पतालले देशभित्रका मात्र हैन विदेशी नागरिकलाई पनि सेवा दिएको तथ्यांक छ । अमेरिकन फुटबल क्लब बी. वाइर्. एस. सी.लगायत थुप्रै देशी बिदेशी क्लबका खेलीडीहरुलाई पनि फिजीयोथेरापी गराइएको डा. ओलीले बताए ।
इन्खाले सेवा अस्पतालमा आएका मात्र हैन समय समयमा दुर्गम ठाउँका नागरिकलाई पनि निःशुल्क सेवा दिने गरेको छ । सुनसरी जिल्लाकै दुर्गम ठाउँ भनेर चिनिने बराहाक्षेत्र नगरपालिका–९ श्रीलंका टापुमा लगायतका थुप्रै दुर्गम ठाउंंमा पुगेर सेवा दिएको छ ।
नोबेल मेडिकल अस्पताल विराटनगर र इन्खा एकीकृत अस्पताल इटहरीले संयुक्त स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिएको छ ।
इन्खा एकीकृत अस्पतालमा वरिष्ठ हाड जोर्नी तथा नशारोग विशेषज्ञ तथा कोशी अञ्चल अस्पतालका शाखा प्रमुख डा .महेन्द्रप्रसाद महतो, मुटु, दम, छाती, पेट थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ वरिष्ठ फिजिसियन डा. सच्चिदानन्द दाश, बाल रोग बिशेषज्ञ डा.फरेन्द्र शाह, जनरल फिजिसियन डा. शिब शर्मा लगायत सेवा दिने गरेका छन् ।
इन्खा एकीकृत अस्पताल प्रा.लि.मा सिनियर ल्याब टेक्निसीयन जयप्रकाश उराँवले कोषाध्यक्षको समेत जिम्मेवारी सम्हालेर पनि स्वास्थ्य सेवा पनि दिइरहेका छन् ।
इन्खा एकीकत अस्पताल प्रा.लि.ले होमियोप्याथी सेवा मात्र दिएको छैन थप सेवा बिस्तार गरि एकीकृत उपचार सेवा दिने कार्य पनि गरिरहेको छ । सबै बिधाका (एलोप्याथी, होमियोप्याथी, फिजियोथेरापी एक्युपंचर, भिडियो एक्सरे अत्याधुनिक प्रयोगशाला सेवा पनि दिइरहेको छ ।
अस्पतालका अध्यक्ष डा. ओलीले सिक्ने र सिकाउने प्रक्रिया अनुरुप घरमै ब्लड प्रेसर, सुगर, शरीरको तापक्रम, अक्सिजन लेबल, बिरामीको हेरचाह गर्न र सामान्य उपचार समेत दिन सक्ने स्वास्थ्य प्राबिधिक उत्पादन गर्ने अभियान अन्तर्गत ब्यबसायिक तालिम परिषदबाट सम्बन्धन लिएर छोटो समयको तालिम समेत दिने गरेको बताए ।
होमियोप्याथी प्राकृतिक सिद्धान्तमा आधारित एक वैज्ञानिक चिकित्सा पद्धति हो ।
होमियोको अर्थ हुन्छ सिमिलर (समान) र पैथोजस को मतलब डिजिज । कुनै पनि रोगको उपचार गर्दा रोगीमा कुन–प्रकारको लक्षणहरु देखिन्छ, त्यस्तै प्रकारको समान लक्षण उत्पन्न गराउन सक्ने औषधीको सुक्ष्म मात्रा प्रयोग गरी रोगीलाई निको पार्ने विधि नै होमियोप्याथी हो । समानताको सिद्धान्तअनुसार कुनै पदार्थ स्थुल रुपमा सेवन गर्नाले स्वस्थ्य व्यक्तिमा जुन प्रकारको रोगका लक्षणहरु उत्पन्न हुन्छ, त्यसै प्रकारको लक्षण भएको रोगी व्यक्तिलाई सोही पदार्थबाट बनेको औषधीको सुक्ष्म मात्राको सेवनले पूर्णरुपले स्वस्थ्य तुल्याउँछ ।
यसको आविष्कार सन् १७९६ मा जर्मनीका एक एलोप्याथिक चिकित्सक डा. स्यामुयल की्रस्चियन फेडरिक हैनीमेन (एम.डी) ले गरेका हुन् । यो चिकित्सा विधि आफ्नो अस्तित्वमा आएको लगभग २ सय २५ वर्ष नै भइसकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइअनुसार होमियोप्याथी चिकित्सा विश्वमा प्रयोग हुने एलोप्याथीपछिको दोस्रो चिकित्सा पद्धति हो । विश्वका सयभन्दा बढी मुलुकहरुमा साठी करोड मानिसहरु होमियोप्याथिक औषधिको प्रयोग गरिरहेका छन् ।